प्रिय मान्छे
प्रेमको यात्रामा
थाकिन्न कहिल्यै प्रेमिल रफ्तारहरु
कति महान छौ तिमी हगि !!!
प्रेमको लागि बलिदानी दिन सक्ने
मैले नि नबुझेको होइन तिम्रो प्रेमलाई
दिनउस्तै थियो
समय उस्तै थियो
संगै भाग्य रेखा पनि
अब सम्झिनु हुन्न
ती दिनहरु !
उदाउनेछन् नयाँ प्रेमको एक झिल्को
कोरिनेछन् भाग्यरेखाहरु
हाम्रै औलाहरुले
तिम्रो प्रेमको तपस्या देखेर
म पटक पट्क हराएकि थिएँ
मायाको संसारमा
खुशिले सिमा नाघेको थियो
यतिखेर बुझ्दैछु
तिम्रो प्रेमको तरङ्गहरुमा
जहाँ म
वर्षौदेखि तरङ्गित हुन चाहन्थे
हो यसै बेला
मोलम गराउनु हुन्छ
आक्खे ममहरुले
हाम्रो प्रेमको खातिर
जुगौं जुगसम्मा सँगै हुनको लागि
प्रेमको लागि खुशी नभएका मनहरु
आँसुको लागि दुखी नभएका मुटुहरु
यहाँ हुनुको अर्थ रहने छैन
त्यसैले प्रिय,
बुझ्नु तिमिले
प्रेमले राप होइन
शितलताको अनुभुती दिलाउछ
जलिरहेको मनहरुलाई
तड्पिरहेको मुटुहरुलाई
तिमिलाई भेट्न भनी
कति भौतारिए म पनि
कहिले भिमकाया चट्टानहरुलाई छिचोल्दै
कहिले बाँधिएको बन्धनहरुलै तोडिदै
मलाई पूरा बिश्वास थियो तिमिप्रती
एक दिन त
कसो नऔला र,
मेरो सामु
वर्षौंदेखिको प्रेमको भारी बिसाउन
अपुरो कर्म रेख कोरिना
हो प्रिय,
मेरै प्रेमको पुजामा
यतिन्जेलसम्म बाँचिरहेको तिमी
आउ अब हामी,
एक अर्कामा समर्पित हौं
मन, मुटुहरु सटासाट गरौ
हाम्रो म्हेमेको रिम
ठिमलाइ साँच्ची राखेर
तोडिदिउ दुनियाले
लगाइएका सिमा रेखाहरुलाई
चुडाली दिउ बाँधिएका उत्सुकताहरुलाई
बनाउ हामि हाम्रै प्रेमको संसारमा
छुट्टै सिमारेखा
बेग्लै परिधी
अनि
जुन जस्तै उज्यालो एउटा घर
जहाँ कसैले भत्काउन सक्नेछैनौ
प्रिय,
अब तिमी छिट्टै आउनु है
म आइपुगिसकेकी छु
मायाको संसारमा
तिम्रै मुटु भएर
तिमि आउनु
मेरो मन बनेर
आपा आमालाई पोङ
घरगाउलेलाई डाङ
हाम्रो रिमठिमलाई जोगाउन
ताम्बा, गान्बालाई लिएर
तिमी आउनु,
म पर्खिरहेछु
यतिखेर,
हाम्रै प्रेमको साँच्चि
डाहुको फेदाहरुमा
हाम्रै प्रेमले चिनिएका
चौतारिमा
कुरिरहेछु,
हेरिरहेछु,
एकोहोरो
बिछ्याउदै नयनहरु
तिमी आउने दोबाटोहरु
पुरा हुनेछ सपना हाम्रो
बाँच्ने छौं सगैं हामी
जुगौं जुगसम्म
रचिने छ मायाको
एउटा नयाँ इतिहास