Advertisement
SKIP THIS

दक्षिण कोरियामा कोरोनाले रोक्न सकेन राष्ट्रिय सभाको निर्वाचन, सन् २००० यताकै बढीले गरे मतदान


अहिले बिश्व नै कोरोना भाइरस(कोबिड-१९)को आतंकले थिलथिलो भएको छ । चिनको वुहानबाट सुरु भएको कोबिड-१९ ले विश्वकै महाशक्ति राष्ट्र मानिने अमेरिकालाई आछु आछु पारिरहेको छ । त्यस्तै अमेरिकन लगायत युरोपेली राष्ट्रहरुले सोच्दै नसोचेको मानवीय क्षति बेहोरेको छ । साथै अहिले दक्षिण एसियायी राष्ट्रहरुमा पनि फैलिने क्रम छ ।

केहि समय अगाडि सम्म दक्षिण कोरियामा पनि तीब्र गतिमा कोरोना संक्रमण फैलिएको थियो । तर अहिले करिब करिब नियन्त्रण उन्मुख छ । कुनै बेला दैनिक ५ सय देखि ९ सय भन्दा बढी सम्मको संक्रमित फेला परेको थियो । अहिले यो संख्या ३० जना बन्दा कममा झरेको अवस्था छ ।

यस्तैमा यहाँ राष्ट्रिय सभाको ४ बर्षे नियामित निर्वाचन अत्याधिक जनताको सहभागीतामा सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार ६६ प्रतिशतले मतदान गरेको छ । यो सन् २००० यताकै उच्च मतदान हो । २०१६ को अघिल्लो निर्बाचनमा ५८ % मत मात्र खसेको थियो । कोरोनाकै कारण विभिन्न देशले आफ्नो नियमित निर्वाचन गर्न नसकिरहेको अवस्थामा यसरी कोरियामा भएको ऐतिहासिक निर्वाचनलाई अर्थपूर्ण मान्न सकिन्छ ।

देश भर १४ हजार ३ सय ३० स्थानमा भएको मतदानमा ३०० (प्रत्यक्ष २५३ र समानुपातिक ४७) जना राष्ट्रिय सभा सदस्य(सांसद)का लागि मतदान भएको हो ।

कसरी गरे निर्वाचन ?
कोरियामा मतदान हुदै गर्दा उच्च सतर्कताका साथ मतदान गर्ने व्यवस्ता गरेको थियो । सबैलाई अनिवार्य मास्क लगाउनु पर्ने थियो भने एक पटक मात्र पयोग गरेर फाल्ने प्लास्टिकको पन्जा मतदान स्थलमा नै उपलब्ध गराएको थियो । सबैको ज्वरो चेक गरेको थियो ।

मतदान स्थलमा थर्मल डिट्याक्सन डिवाइस द्वारा मतदाताको निगरानी पनि गरेको थियो । त्यस्तै प्रत्येक मतदाता कम्तीमा पनि १ मिटरको दूरीमा रहेर मतदान गर्न पाउने व्यवस्था गरेका थिए । सेल्फ क्वरेनटाएनमा भएका हरुले भने बिशेष बुथ मार्फत ६ बजे भन्दा पछाडी मतदान गर्ने व्यवस्था गरेको छ ।

यस अघि पुर्व मतदान गत शनिबार र आईतबार भएको थियो जसमा २६.६९% मत खसिसकेको थियो । कोबिड – १९ को रोकथामका लागि मुन्जे इन सरकारले पाएको सफलताले गर्दा सत्तारुढ डेमोक्रेटिक पार्टीले बहुमत ल्याउने आँकलन गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...