Advertisement
SKIP THIS

दक्षिण काेरियामा राष्ट्रगान गानका रचनाकार व्याकुल माइला सम्मानित


दक्षिण कोरियामा राष्ट्रगानका सर्जक व्याकुल माइलालाई साहित्य शिखर व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको छ । शनिबार सउलमा भएकाे कार्यक्रममा कोरियाका क्रियाशील साहित्यिक संस्थाहरु नेपाल मुक्तक प्रतिष्ठान, अन्तराष्ट्रिय नेपाली साहित्य समाज र इतर आवाज साहित्य समाजले सयुंक्त रुपमा उक्त सम्मान प्रदान गरेका हुन । ओखलढुङ्गा समाज दक्षिण काेरियाकाे निमन्त्रणामा उनी यहाँ अाएका हुन् ।

कार्यक्रममा बोल्दै माइलाले कोरियामा कार्य व्यस्तताको बाबजुद पनि स्रष्टाहरु सिर्जना, साहित्य साधनामा जुटेको र आफुले उत्कृष्ट रचना सुन्न पाएकोमा खुशी व्यक्त गरे । कोरियामा रहेका सर्जक र सिर्जनालाई मुलधारले समेट्न सक्नुपर्ने पनि उनकाे धारणा थियाे ।

कार्यक्रमका संयोजक तथा साहित्यकार मिलनकान्छा किरातीले गोरख बहादुर कविता सुनाउदै कार्यक्रमका बारेमा जानकारी गराएका थिए । इतर आवाज साहित्य समाजका अध्यक्ष तथा कवि पराजित पोमुकाे सभापतित्वमा भएकाे कार्यक्रममा स्वागत मन्तव्य नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा मुक्तककार रामचन्द्र शर्मा र कार्यक्रम सञ्चालन अन्तराष्ट्रिय नेपाली साहित्य समाजका महासचिव तथा कवि सरोज सर्वहाराले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाका नेपाली संस्थाहरुसँग NRNA ले एकता महाधिवेशन बारे अन्तरक्रिया गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • कोरियाको होली उत्सवमा नारा लगाउनेलाई राष्ट्रविरोधिको संज्ञा दिँदै कारबाहिको माग
  • उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...