Advertisement
SKIP THIS

दक्षिण कोरियामा माघि खिचरा पर्व भव्यताका साथ मनाईयो


सउल । ‘आदिबासि थारु हाम्रे , धर्ति पुत्र तराईके…’ वोलको थारु राष्टिय गीतले कोरियाको राजधानी सउल स्थित छा छा छा नाईट क्लब मध्यान्न १२ बजेदेखि नै गुन्जयमान थियो । प्रायजसो रातमा कोरियन गीत बज्ने सो क्लवमा हिजो भने दिउसै देखिनै थारु गित बज्न थालेको थियो ।

त्यसो त छुसक होस् या सलनालको लामो बिदामा प्राय कोरियामा रहेका विभिन्न जातिय, क्षेत्रिय तथा सामजिक सँस्थाहरुले कुनै न कुनै वाहानामा च्यारिटि डान्सपार्टिको आयोजना त्यहि हलमा गरिरहेकै हुन्छ । तर हिजो सलनालको अन्तीमदिन २६ तारिकको माहोल भने अली भिन्न थियो । झिमिक झिमिक रगिंन डिस्को लाईट, त्यसमाथी थारुजातीको माैलीक पहिरन धोती र पगरी (टाउकोमा लाउने सेतो फेटा) लगाएका मानिसहरूको हुलले कार्यक्रमको माहोल लाई अझ रङ्गिन बनाएको थियो । यो माहोल र दृश्य थारु कल्याणकारीणि सभाले आयोजना गरेको माघिखिचरा पर्व तथा साँस्कृतिक कार्यक्रम दृश्य को हो ।

आदिवासी जनजाती महासँघ द.कोरियाका अध्यक्ष युगल तेण्डुप शेर्पाको प्रमुख अातिथ्य तथा थाकस को अध्यक्ष शिब चाैधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमा मा कोरियाको दर्जन बढि नेपाली जातिय , तथा क्षेत्रीय सँघसँस्थाको प्रतिनिधि हरु विशिष्ट अतिथिको रुपमा उपस्थिती रहेको थियो । जसमा थाकस कोरीयाका संरक्षक राजेस फनैत, एमटयु अध्यक्ष उदय राई, पुर्वाञ्चल सरोकार समाजका अध्यक्ष अमृत राई, एनआरएनए कोरियाको सचिव मनोज गाैतम, पत्रकार महासँघ साखा कोरियाका अध्यक्ष रञ्जनराज कुँवर , किरात राई यायोखा का अध्यक्ष पदम राई, किरात याक्थुङ चुमलुङका अध्यक्ष मिराक लिम्बू , चितवन सम्पर्क समितीका सचिव सागर सापकोटा लगाएतले माघिखीचरा पर्वको सुभकामना मन्तव्य दिएका थिए। साथै विशेष अतिथिकै रुपमा पोनिज कोरियाको अध्यक्ष गोकुल थोकर र नुवाकोट समाजको अध्यक्ष राज दोङको पनि उपस्थिति रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य थाकसका बरिस्ठ उपाध्यक्ष शिवसंकर महतोले राखेका थिए भने बिधानन्द चाैधरीले कार्यक्रम संचालन गरेका थिए ।

आैपचारीक कार्यक्रम पछी साँस्कृतिक कार्यक्रमको सुरुमै गायक उमेस चाैधरीले ” जै हो माघि, जै हो खिच्री, जै हो तीला संक्राईत….” गित गाएर उपस्थित सबै अतिथि र दर्शकहरुलाई एकसाथ नचाएका थिए। अर्का गाएक अोम चाैधरीको गायन र बिजय चाैधरीको नृत्यले सवैको मन लोभ्याएको थियो। माघिखिचरा पर्वमा खाईने परिकार विशेषगरी घुँगी, तिलको लड्डु, माछा, मुर्हि, प्वाका (चिचर भात) को स्वाद पनि अतिथीहरुले मज्जैले लिए । आयोजकले कार्यक्रम को अन्तीम मा गायक उमेश चाैधरी, आेम चाैधरी र डान्सर बिजय चाैधरीलाई प्रमाणपत्र दिएर सम्मान गरेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...