Advertisement
SKIP THIS

अनेसास कोरियाको बृहत् साहित्य मेला सम्पन्न 


अनेसास कोरियाद्वारा आयोजित ‘बृहत् साहित्य मेला’ भव्य रुपले सम्पन्न भएको छ। शनिबार कोरियाको राजधानी सौलस्थित शुभेच्छा होटलको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।कोरियन चाड सलनालको अवसरमा गरिएको काव्य-सुधा अन्तर्गतको १२ औं शृन्खलामा नौ जना स्रष्टाहरुको विशेष रचना वाचन रहेको थियो ।

आयोजकले कविता, गजल र मुक्तकलाई एउटै मन्चमा उभ्याएर नयाँ स्रष्टाहरुलाई उर्जा र प्रेरणा दिएको छ । प्रवासमा रहेर पनि आफ्ना सिर्जनाहरुलाई सुन्दर र कलात्मक मनोभावहरुले उच्छवासित गर्ने स्रष्टाहरुमा क्रमश कवितातर्फ- मिलनकान्छा किराँती शकुन आँशु, गंगा बस्नेत, गजलतर्फ – जीवन भण्डारी, कमल बाछिटे सुमन तिमलसिना र मुक्तकतर्फ-रामचन्द्र शर्मा, अर्जुन लामा र शुशिल अर्याल थिए । स्रष्टाहरुको काव्य शक्तिले सभाहल गुन्जायमान थियो, दोङ्देमुन तातेको देखिन्थ्यो । कार्यक्रममा प्रमोद सारंगद्वारा लिखित हाइकु संग्रह ‘ अनूदित आँखाहरु’को लोकार्पण गरिएको थियो ।

सर्जकहरुले देशप्रेम, जीवनबोध, प्रवास पीडा, जीवन दर्शन, राजनीति, प्रेम आकर्षण, उन्माद ,डायस्पोरा लगायत नेपाल भ्रमण वर्ष २०२० सम्मलाई समेटेर रचना वाचन गरेका थिए । करिब ५ घण्टा लामो लगातार कार्यक्रममा शृंगारिक मुक्तकहरुले मनोरन्जन प्रदान गर्दा तनाब हराएको देखिन्थ्यो । सो कार्यक्रममा तीन दर्जनको हlराहारीमा सर्जकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सर्जकहरुलाई हौसल्ला र सम्मान गर्ने उदेश्यले प्रशंसा-पत्र पनि प्रदान गरिएको थियो ।

समाजसेवी जुनु गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विभिन्न संघसस्थाका पदाधिकारीहरुको आतिथ्य रहेको थियो ।अनेसास कोरियाका वरिष्ठ उपाध्यक्ष डीआर न्यौपाने सुर्यले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रमको सभापतित्व अनेसास कोरियाका अध्यक्ष प्रमोद सारंगले गरेका थिए । भर्खरै जापानमा भएको तेस्रो च्याप्टर सम्मेलनमा दोस्रो उत्कृष्ट च्याप्टर पुरस्कार प्राप्त गरेको अनेसास कोरियाले नयाँ बर्षको आगमनसँगै योगगुरु/ शान्ति दुत आचार्य राजन शर्मा (भीमसेन सापकोटा)को आतिथ्यमा ‘कोरियामा तनाव व्यस्थापनको तालिम र योग साधना’ को कार्यक्रम सम्पन्न गरिसकेको छ । आगामी कार्यक्रम भने कोरियाव्यापी कविता प्रतियोगिता, पुस्तक विमोचन र रचना वाचन कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...