Advertisement
SKIP THIS

विश्वकर्मा समाज कोरियाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा भिम बराइली


विश्वकर्मा समाज दक्षिण कोरियाको प्रथम अधिबेशन भब्यताका साथ सपन्न भएको छ । जनवरी ५ आइतबारका दिन सुवन स्थित दुर्गा रेस्टुरेन्टमा भएको उक्त अधिबेशन बाट कार्यसमितिको अध्यक्षमा भिम बराइलीलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी बरिस्ठ उपाध्यक्षमा गौरी सदासङकर, महासचिव अमृत बिश्वकर्मा सचीव हरु युवराज बराल र पुजा रसाइली, उपाध्यक्षहरु साजन दियाली, तेज बहादुर बिक र जशु बराइली निर्वाचित भएको छ । साथै कोषाध्यक्षमा अमृत सुनार, सह कोषाध्यक्ष कुलमान बिश्वकर्मा, प्रभक्ता गोबिन्द बिश्वकर्मा र खेलकुद संयोजक मुकेश सेन्चुरी, महिला संयोजक पबित्रा सेन्चुरी तथा सदस्यहरुमा कमल बिश्वकर्मार सुनिल सेन्चुरी रहेको छ ।

बिश्वकर्मा समाज एक जातीय मात्र नभई सामाजिक मनकारी बिश्वकर्माहरुको सामाजिक संस्थाको रुपमा रहेको कुरा कृष्ण ओलि सहयोग अभियान, जलजला परियार बचाउ अभियान जस्ता धेरै कार्यबाट पुष्टि गरिसकेको जानकारी नव निर्वाचित अध्यक्ष बराइलीले दिए । ‘यो पबित्र सस्थाको प्रथम अधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा मलाई योग्य ठानी सर्वसम्मत रुपमा बिजय गराउनु हुने सबै सबै प्रती हार्दिक नमन गर्न चाहन्छु । तपाईहरुको भरोसा लाई एक इन्च पनि कम हुन दिने छैन साथै आउदा दिनमा पनि यस्तै सहयोग र सपोर्ट्को अपेक्षा राखेको छु ।’ उनले भने ।

साथै सदियौ देखि पछाडी पारिएको दलित समुदायको मुक्ति र सिङ्गो नेपाली समाज रुपान्तरण र बिकासको लागि यो समाज तनमनका साथ लागि पर्ने प्रतिबद्धता समेत बराइलीले गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...