अमृत राईद्वारा एनआरएन कोरियाको वरिष्ठ उपाध्यक्षमा उम्मेद्बारी दर्ता
सेप्टेम्बर २१ र २२ मा हुन गइरहेको एनआरएन कोरियाको सातौं महाधिवेशनमा अमृत राईले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
सन १९९१ मा कोरिया प्रवेश गरेका राई सामाजिक कार्यमा सक्रिय छन् भने हाल एनआरएन कोरियाको उपाध्यक्षमा रही काम गरिरहेका छन्। यसैगरी पूर्वाञ्चल सरोकार समाजको अध्यक्ष समेत रहेका राईले यसअघि विभिन्न संघसंस्थाहरुको सफल नेतृत्व गरिसकेका छन्।
कोरियामा रहेका नेपालीहरुको हरेक समस्यामा अहोरात्र खट्ने राईले आगामी दिनहरुमा पनि यसैगरी सक्रियता पूर्वक लागि नेपाली समुदयमा सेवा र सहयोग निरन्तर रहने बताए। अहिलेको कार्यसमितिले पूरा गर्न नसकेका महत्त्वपूर्ण कामहरु आफू निर्वाचित भएमा पूरा गर्ने प्रतिबद्धता गर्दै राइले एनआरएन कोरियाद्वारा सञ्चालित नेपालीहरुको साझा घर “नेपाल हाउस” लाई थप व्यवस्थित बनाई सञ्चालन गर्ने मूख्य उद्देश्य रहेको बताए।
उनले आसन्न सातौं महाधिवेशनमा कोरियामा रहेका बुद्धिजीवी, ब्यापारी, समाजसेवी, पत्रकार, खेलाडी , विद्यार्थी लगायत विभिन्न पेसामा आबद्ध रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरु माझ आफूलाई अमूल्य मत दिई विजय गराउन अनुरोध गरेका छन्।