तीन जिल्लाद्वारा आयोजित सांगीतिक कार्यक्रममा राजु लामाले तताए कोरिया


छुसकको अवसरमा दोलखाली समाज, सिन्धुपालचोक समाज र रामेछाप सम्पर्क समितिले संयुक्त रुपमा आयोजनामा गरिएको मंगोलियन हर्ट लाइभ तथा सांगीतिक कार्यक्रममा भव्य रुपमा सम्पन्न भएको छ । “दुर्गम भेगको शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोगार्थ” अभियानमा मंगोलियन हर्ट ब्याण्ड लगायतले कोरियामा रहेका नेपालीलाई नचाएका थिए ।

बिहीबार सउलको हरिमगागस्थित ए डब्लु कन्भेन्शन हलमा मंगोलियन हटका गायक राजु लामासहित रक गायिका आस्था राउत, लोकदोहोरी गायक प्रकाश कटुवाल, नेपाल आइडल पहिलो सिजनका फस्टरनर अप प्रताप दास र मोडल अन्जली अधिकारीले दर्शकलाई नाचएका हुन् । कार्यममा २५ सय भन्दा बढी दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

गायक राजुले मंगोलियन हटको २५ औं सांगीतिक यात्राको उत्सव पनि मनाएको हो । व्याण्डको प्रस्तुतिसँगै यहाँको नेपाली दर्शक पनि नाचेका थिए ।

गायक राजु नेपाली झण्डासहित ‘मेरो देश…’ गीत गाउँदै स्टेजमा चढेपछि दर्जनौ चर्चित नेपाली गीतहरु गरेका थिए । उनले दर्शकलाई नचौदै ‘तिम्रो यादमा…’, ‘यो तिम्रो सहरमा…..’, ‘ल्याइदेउन आपा…’, ‘यो जुनीमा…’, ‘तिमीलाई देखेर…’, ‘हे देउता…’, ‘पर्खाइमा…..’, ‘नाचौ गाउ….’, ‘हल्ला चलेछ…’, ‘तिम्रो बाटोमा…’ जस्ता गीतहरु गाएर दर्शकलाई नचाए ।

व्याण्डका रिदम गिटार बाबी लामा, डम्रमा सन्तोष थापा, लिट गिटार किरण नगरकोटी, बेस गिटारमा पवन कपालीलगायतले राजुलाई साथ दिएका थिए । ब्याण्डको तर्फबाट सिन्धुपाल्चोकको दुर्गमका विद्यार्थीको लागि एक लाख रुपैयाँ सहयोग घोषणा गरेको थियो ।

लोकदोहोरी गायक प्रकाश कटुवालले ‘ढाँडे विरालो…, ‘यो रक्सीको गन्ध..’ लगायतका आधा दर्जन गीत गाए । रक गायिका तथा अहिले नेपालमा चलिरहेको रियालिटी शो द भ्वाइस अप नेपालका जर्ज आस्था राउतले ‘म त नेपाली..’, ‘बोतलको पानी..’ जस्ता आधा दर्जन गीतहरु गाउदै दर्शकको महोललाई तताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक नेपाली राजदुत रामसिंह थापाले छुसकको अवसरमा शुभकामना दिदै मनोरञ्जनले दुख पीडालाई साथ दिने बताए ।

त्यसैगरी एनआरएनका अध्यक्ष लक्ष्मी गुरुङ, एनआरएनए एसिया प्यासीफिक संयोजक विनोद कुँवर, एनसीसी अध्यक्ष अन्जु केसी, नेपाल आदिवासी जनजाती महासंघका उपाध्यक्ष सोम तामाङ, प्रदेश ३ एकता समाज दक्षिण कोरयाका अध्यक्ष किशोर ब्लोन ‘नियोग’ लगायतले शुभकामनाा दिएका थिए ।

आयोजक संस्थाहरुका अध्यक्ष सरोज केसी, सन्जीव भण्डारी र रविप्रताप घिसिङको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गूमी एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउँदै
  • ‘मुक्कुमलुङ कपको’ उपाधी आस्याङ एफसीलाई
  • पूर्वी नेपाल समाजद्वारा छुसकको कार्यक्रम बाँडफाँड , ३ संस्थालाई अनुमति
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगितामा कवि तिर्थराज विश्वकर्मा प्रथम
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...