मोति जयन्तिको अवसरमा छन्द कविता वाचन


को हो लाख करोडको पति भनी चिन्दैन मुर्दाघर
बिच्छ्याएर हजार नोट कहिल्यै बन्दैन कात्रो तर
श्रद्धा, शान्ति र धर्मको गणित नै संसारको सार हो
पैसाकै पछि दौडियो यदि भने के अर्थ भो ज्ञानको ?  मोति जयन्तिको अवसर पारेर अनेसास कोरिया च्याप्टरले गत आइतबार सौलको दोङ्देमुनमा आयोजना गरेको छन्द कविता वाचन कार्यक्रममा कवि सरोज सर्वहाराले शाद्रुलबिक्रिडित छन्दमा आफ्नो सिर्जना सुनाइरहदा माहोल शान्त भयो । उनले, ‘के हुन्न हामी जुटे’ , ‘आगो बल्यो देशमा’ शीर्षकमा अरु दुई वटा कविता पनि सुनाएका थिए ।

कार्यक्रममा नेपाली साहित्यका एक ह‍ोनहार प्रतिभा मोतिलाई सम्झिदै सरोज सर्वहारा सहित गोपिकृष्ण लामिछाने, जनक सन्याल र प्रमोद सारंगले आफ्ना ३/ ३ वटा छन्द कविता वाचन गरेका थिए ।

कार्यक्रममा कवि जनक सन्यालले पत्रकार रवि लामिछाने पक्राउ परेका बेलाको सन्दर्भ सहित कविता प्रस्तुत गरे,

झूटा भाषण चुट्दछौ सदनमा विश्वास गर्ने कति
राखी काँध तिमी भर्याङ जसरी पिल्सेर बाँच्ने कति
भेडा भै कन उत्रियाैँ सडकमा दिन्नौँ चनाखो हुन
तिम्रा शोषण कल्पिने दिनगए जालीहरू हो सुन

उनले हामी ‘विदेशी भयौँ’,  ‘छ देश यो धरापमा’ लगायतका कविता पनि प्रस्तुत गरे ।

अर्का कवि गोपिकृष्ण लामिछाने प्रवासमा भए पनि छातिभरि देश भएको कुरा नक्सा छ नेपालको शीर्षकमा कविता मार्फत् व्यक्त गरे,

हो आफ्नो गुँड छोड्न बाध्य छ चरी चारो नपाए पछि
साँवा ब्याज गरी उधार ऋणले औँला उठाए पछि
आफ्नो देश भुलेर रम्न उभिने सन्तान त्यस्तो छ को
हेरे हुन्छ चिरेर यो हृदयमा नक्सा छ नेपालको

उनले मेशिनसंग बौलाहा कवि र आमा र बा शीर्षकका कविता समेत प्रस्तुत गरे ।

त्यस्तै, अनिल किराती, सञ्जय, आर एन अधिकारी, सुमन तिमिल्सिना, आर पि खनाल, कृष्ण रिजाल, बाबुराम पौड्याल, कमल बाछिटे, आर के पौडेल, दिनेश न्यौपाने, सुनिल दीप्त राई लगायतले पनि रचना वाचन गरे ।

अनेसास कोरिया च्याप्टरले विभिन्न समयमा सक्रिय रुपमा साहित्यिक कार्यक्रम निरन्तर गरेकामा कार्यक्रमका प्रमुख अतिथि कवि जीवन खत्रीले खुसी व्यक्त गर्दै आगामी कार्यक्रमहरूका लागि समेत शुभकामना प्रदान गरे ।

लोकराज न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा सहभागी ४ स्रष्टालाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...