Advertisement
SKIP THIS

GME My Voice नेपालको उपाधि राधिका गोलेलाई


जिएमइ रेमिट्यान्सद्वारा आयोजित “GME My Voice Nepal-2019 South Korea” गायन प्रतियोगिताको प्रथम उपाधि राधिका गोले तामाङले जितेकी छिन् । सउलमा आइतवार सम्पन्न भएको उक्त प्रतियोगितामा द्वितीय उपाधि सूर्य रूम्बा र तृतीय दिपेन्द्र ताम्राकारले हात पार्न सफल भएका छन् ।

बिजेताहरू क्रमश ५ लाख, २ लाख र १ लाख वोन् नगदराशी र ट्रफीले सम्मानित भएका हुन ।

जिएमइ रेमिट्यान्सले सबैभन्दा पहिलो चरणमा भिडियो अडिसन लिएको थियो । त्यसै भिडियोको आधारमा २२ जना प्रतिस्पार्धीहरू छनोट भएका थिए ।

प्रतियोगितामा गाउने गीतको गायकको पक्षबाट लाईक, कमेन्ट र सेयरको आधारमा टप १२ को नामावली सर्वाजनिक गरिएकोमा ३ जना वाइल्ड कार्डमार्फत प्रवेश गराइ १५ जनामा फाईनल प्रतिस्पर्धा गराईएको थियो ।

प्रतिस्पार्धीहरूमध्येबाट अनलाइन पोल भोटिङमार्फत २० प्रतिशत, प्रत्यक्ष दर्शक १० प्रतिशत भोटिङ, निर्णायक मण्डलको ७० प्रतिशत भोटगरि सबैभन्दाबढी अंक पाउने क्रमशः बिजयी भएका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा मानकाजी शाक्य, रोशन भट्टाराइ, सिपी मगर र मिलन थापा रहेका थिए ।

गीत-संगीतको क्षेत्रमा लागि परेका र रूचि राख्नेहरूका लागि यो राम्रो अवसर बन्न सकिने प्रतियोगितामा सहभागीहरुले जनाएका थिए । साथै प्रतियोगितामा विभिन्न माध्याममार्फत सहयोग गर्नेहरूलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ । साथै आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...