“नेपाल विकासमा प्रवासी नेपालीको साझेदारिता” विषयक अन्र्तक्रिया हुने


ऐश्वर्य श्रेष्ठ,सोल –

“नेपाल विकासमा प्रवासी नेपालीको साझेदारिता” विषयक अन्र्तक्रिया तथा कार्यशाला गोष्ठीको आयोजना हुने भएको छ ।यही जुलाई १२ तारिखको दिन नेशनल एसेम्बली हल सोलमा सो कार्यशालाको आयोजना हुने सोन्सिकका अध्यक्ष बिमल सुवेदीले बताए ।सोन्सिकले पहलमा आयोजना हुन लागेको सो अन्र्तक्रिया कार्यक्रम जुलाई १२ आईतबारका दिन बिहान १० बजेबाट शुरु हुनेछ ।

 

विधार्थी तथा श्रमिक प्रतिनिधिबाट अतिरिक्त प्रस्तुत हुनका साथैं कोरियामा रहेका नेपाली समुदायबीच बृहत अन्र्तक्रिया समेत हुनेछ ।
विभिन्न प्राज्ञ तथा प्रोफेसरहरुको सहभागिता रहने सो कार्यशालामा प्रो डा ठाकुर सुवेदी ख्वांजु युनिभर्सिटी,प्रो. डा. मधुसुदन आत्रेय,खिमयोंग युनिभर्सिटी,डा. देवी बहादुर बस्नेत सिनियर रिर्सचर मेडीटक्स ईन्क,डा. ह्रिदयेस प्रताप मल्ल न्युरो सर्जन ख्यंगी युनिभर्सिटी मेडिकल सेन्टर,प्रो. डा. शिसिर मानन्धर सोल नेशनल युनिभर्सिटी प्रमुख वक्ता रहेको कार्यक्रममा नेपाली दुतावासका उपनियोग प्रमुख राजाराम बर्तौला समन्यव तथा सहजकर्ता रहेका छन् ।

 

‘अब कोरा गफ हैन देश विकासको महान अभियानमा सहभागी बनौ, आलोचक मात्र हैन नयाँ नेपाल निर्माणको साझेदार बनौ’ भन्ने नाराको साथ दक्षिण कोरियामा रहेका नेपाली समुदायमा पहिलो पटक “नेपाल विकासमा प्रवासी नेपालीको साझेदारिता” बिषयक अन्तरक्रिया कार्यक्रम गर्न लागिएको सोन्सिक अध्यक्ष सुवेदीले जानकारी दिए ।

 

नेपाली दुतावासको सह आयोजना र सहयोगी संस्थाहरुमा एन आई ई डि ,एन आर एन कोरिया ,सर्पोट नेपाल फाउन्डेसन,कोरिया एसिया फ्रन्डसिप फाउन्डेसन रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...