२५ औं तामाङ प्रसारण दिवस मनाइयो : तामाङ भाषा नारामा मात्रै होइन, व्यावहारमा पनि लागु गराैं


तामाङ पत्रकार संघ दक्षिण कोरियाले २५ औं प्रसारण दिवस (रजत जयन्ती) मनायो । शनिबार बेलुका शुभकामना तथा नेपाली पत्रकारितामा तामाङ पत्रकारको अवस्था र चुनौती बारे कार्यपत्र प्रस्तुतसँगै मनाएको हो ।

वि.सं. २०५१ भदौ १ गते रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रशारण सुरु भएको दिनलाई आधार मानेर तामाङ पत्रकार संघ तामाङ प्रशारण दिवस मान्दै अाएकाे छ । सउलमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल आदिवासी जनजाति महासंघका कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पाले यो वर्ष संयुक्त राष्ट्रसंघले ‘आदिवासी भाषा वर्ष’ मुल नारा तय गरेर २५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइरहदा तामाङहरुको सञ्चार क्षेत्रमा भाषा प्रसारणको पनि २५ वर्ष पुगेकोमा खुशी ब्यक्त गर्दै शुभकामना दिए । उनले यी यस्ता गतिविधिले जातिय, समुदायका पहिचान स्थापित हुन टेवा पुग्ने बताए ।

त्यस्तै विशेष अथिति नेपाल पत्रकार महासंघ कोरियाका अध्यक्ष रञ्जनराज कुँवरले विदेशमा गरिने पत्रकारिताले थाेरै भए पनि विदेशमा हुने काम र जीवनशैलीका वारेमा थाहा हुने जानकारी गराए । नेपाल आदिवासी जनजाति महासंघका काेरियाका अध्यक्ष पूर्व चित्रबहादुर मोक्तान, तमु धीं काेरियाका अध्यक्ष जीत गुरूङ, किराँत राइ यायाेख्खाका अध्यक्ष वालकृष्ण वान्तावा राइ, नेपाल तामाङ संघ काेरिया अध्यक्ष मेघप्रसाद तामाङ, रामेछाप सक्पर्क समितिका अध्यक्ष रवि प्रताप घिसिङ, मकवानपुर सम्पर्क समितिका अध्यक्ष राजकुमार गाेले, नुवाकाेट सम्पर्क समितिका अध्यक्ष सन्ताेष राइ, प्रदेश नं. ३ एकता समाजका अध्यक्ष किशाेर व्लाेनले रेडियो नेपालमा प्रसारण हुने तामाङ भाषाको समाचारको सम्झना गर्दै भाषाले मिडियामा पाएको प्राथामिकता बारे चर्चा गरेका थिए ।

फोनिज कोरियाको अध्यक्ष तथा संघका सल्लाहकार पत्रकार गोकुल थोकरले नेपाली पत्रकारितामा तामाङ पत्रकारको अवस्था र चुनौती बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा व्यावसायीक पत्रकारितामा तामाङ पत्रकार निकै पछाडी रहेको सुनाए । उनले तामाङ भाषामा समाचार प्रसारण भएको २५ वर्ष पूरा भएको अवस्थामा अब तामाङ पत्रकारिताको स्तरियताको मापन गर्ने बेला अाएकाे बताएका थिए । यस्तै तामाङ पत्रकारले मिडियामा आगामी दिनमा तामाङ पत्रकार भइहिड्न र देख्दा सजिलो लागे पनि त्यति सजिलो नभएको कार्यपत्रको चुनौतीमा प्रस्तुत गरे । नेपाली भाषामा पत्रकारिता गर्नलाई भाषा, सम्बन्धीत ‘विट’ त्यही ’विट’को राम्रो ज्ञान लिन हुनेपर्ने चुनौती रहेको बताए । नत्र हामी यति धेरै छौ भनेर टाउको गनेर मात्र हुँदैन । सधै रेडियोमा सेलो जुहारी बजाएर नाचेर मात्रै पनि तामाङ पत्रकारिता अघि बढ्दैन, कार्यत्रपत्रमा उल्लेख छ ।

कार्यक्रममा संघका अध्यक्ष सिमा लामाको सभापतित्वमा भएको थियो । उनले कार्यक्रममा उपस्थित अतिथिहरुलाई धन्यवाद दिर्दै पत्रकार संघमा सबैले साथ सहयोग दिएको खुशी व्यक्त गरिन् । उनले विगतमा संघले सञ्चालन गरेका पत्रकारिता तालिमबाट काेरियामा रहेका पत्रकारिता गर्न चाहनेहरूलाइ फाइदा भएकाे बताइन् । उनले तामाङ भाषालाई संरक्षणको नारा मात्रै होइन, दैनिक जीवनमा पनि प्रयाेग गर्नु पर्ने बताइन । कार्यक्रममा तामाङ वक्ताहरूले तामाङ भाषामै बाेलेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...