एनआरएनए कोरियाको सचिब पदमा मनोज गाैतमको उम्मेदवारी घोषणा


आउदो सेप्टेम्बर २१ र २२ तारीख हुन गईरहेको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको साताै अधिवेसनको लागि उदयपुरका मनोज गाैतमले उम्मेदवारी घोषणा गरेका छन।

बिगत १० बर्षदेखि कोरियामा विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेर कोरियन सरकारबाट दोभासे मन्यता प्राप्त गरि नेपालीको लागि सहयोगी बन्दैआएका गाैतम फेन्तेकमा स्थानिय कोरियनहरु संगको सहकार्य सेल्टर स्थापना गरेका छन्।

दसकाै देखि एनआरएनए कोरियालाई नजिकबाट नियाल्दै आएका गाैतमले ‘जहिले पनि अरुलाई यो भएन उ भएन भन्नुभन्दा आफै नेतृत्वमा गएर सुधारात्मक कार्य गरि साच्चिकै अप्ठ्यारोमा परेका नेपालीहरुलाई एनआरएनए कोरियाले अभिभावकत्व साबित बनाउने संकल्प राखेको बताए।’ त्यसैगरि नेपालको पर्यटन प्रवर्द्धन साथै कोरियामा सिकेका ज्ञान,शिप र क्षमतालाई नेपाल भित्र्याउन पनि कोषेढुङ्गा को भुमिका निर्वाह गर्ने गाैतमले बताए। यस अघी सचिव पदमा अरु तीनजनाले उम्मेदवारी घोषणा गरिसकेका छन।

गौतमका एजेन्डा र प्रतिबद्धताहरु

(1) NRNA कोरियालाई वैधानिक रुपमा कोरियाको समाज कल्याण मन्त्रालयबाट कानुनी रुपमा दर्ता गराई कोरियाको विभिन्न ठाउँमा भएको वैदेशिक सहयोग केन्द्र (Migrant House ) जसरि नै NRNA कोरियालाई पनी नेपाली हरूको अभिभाकत्वको रुपमा भुमिका खेल्दै आएको एक विश्वव्यापी संस्था हो भनी परिचीत गराई कानुनी रुपमा दर्ता गराई कोरियामा रहेका सम्पुर्ण नेपालीले प्रत्यक्ष रुपमा लाभ लिन सक्ने संस्था बनाऊने । जस्तै ई -9 भिसा भएका नेपाली हरुले समाज सेवा गरे बापत भिसा परिबर्तन गर्दा आवश्यक पोइन्ट , कम्पनी र कामदार बिचको हरेक समस्याको समाधान र अन्य विभिन्न भिसामा रहेका नेपालीहरुको समस्या समाधान गर्न विशेष सहयोग गर्ने।

(2) 24 घन्टा सम्पर्क कार्यलय (Hot Line contact Center)को स्थापना गर्ने र कोरियमा कार्यरत नेपाली हरुले प्राय काम गर्ने समय अथवा त्योभन्दा बाहेक कुनै पनी बेला समस्याहरु आईपर्दा भाषाको कारणले विभिन्न समस्यामा पर्दै आएकोले चाहेको अवस्थामा कुनैपनी बेला सम्पर्क गरि दक्ष कोरियन अनुवादकको साथमा 24 घण्टै सेवा पाऊन सक्ने गरि आपत्कालीन सम्पर्क कार्यालय (Emergency HotLine Contact Center ) को स्थापना गर्ने ।

(3) कोरियन सिप, प्रबिधी तथा कोरियन लगानी लाई नेपाल भित्र्याऊने – आज भन्दा झन्डै 65 बर्ष आगाडी हामी नेपालीहरू जस्तै कोरीयनहरू पनी दुबई , कतार ,साऊदी गएर पैसा मात्र कमाएनन त्यस देशको सिप तथा प्रबिधिलाई प्रमुख त आफ्नो देशमा भित्र्याए त्यो नै यस् देशको चमत्कारिक बिकासको सुरुवात थियो त्यसरी नै हामीले पनी यस देशको सिप र प्रबिधि लाई मुख्य रुपमा नेपाल भित्र्याउने र यो नै विश्वव्यापी NRNA को उदेश्य रहेको छ । त्यसरी नै यहाको सिप,प्रबिधि लाई नेपाल भित्र्याऊने र कोरियन उद्योगपती र लगानीकर्ता हरुलाई नेपालमा लगानी गर्न वातावरण मिलाऊनुका साथै मध्यस्थकर्ताको भुमिका निर्वाह गर्ने ।

(4) E-9 भिषा मा कार्यरत सम्पुर्ण नेपाली हरूको विभिन्न समस्या समाधानको लागी कोरिया कै एक मात्र वैधानिक प्रबासी मजदूरहरूको संगठन MTU संगै सहकार्य गर्दै स्वतन्त्र कम्पनी परिबर्तन गर्नका लागी WPS लागुगर्न सहकार्य गर्ने।

(5)पर्यटन बर्ष 2020 लाई सफल पार्न नेपाल को पर्यटक क्षेत्र सम्बन्धि ब्यापक प्रचार प्रसार गर्ने-बिगत लामो समय देखी कोरिया बसाईको क्रममा मैले कोरियन समुदाय प्रति नेपालको पर्यटक क्षेत्रको प्रचार प्रसार गर्दै आएको र धेरै कोरियन लाई नेपाल घुम्न पठाईसकेको र घुमाई सकेको कारणले आझै ब्यापक रुपमा गर्दै जाने।

(6) वैवाहिक भिषा, ब्यापरी भिषा, वर्किंग भिषा आध्यायन, अध्यापन भिषा लगाएत विभिन्न तरिकाले कोरियामा बसोबास गरिरहेका नेपाली हरुको समस्या समाधानमा सहयोग गर्नुका साथै कम्तिमा महिनाको 1 पटक कोरियन विज्ञ, कानुनविद् संग निशुल्क कानुनी परामर्श आयोजना गर्दै समस्या अनुसार समधान गर्ने ।

(7) NRN कोरियाको बिगतको कार्यहरूको उच्च मूल्यांकन गर्दै छानबिन गरि संस्थाको अर्थिक तथा सम्पूर्ण गतिविधि पारदर्शी र सक्षम बनाऊने ।

(8) आपत्कालीन सहयोग तथा राहत कोषको स्थापना गर्ने – कोरियामा हामी नेपालीहरू 60 हजार भन्दा माथीको संख्यामा छौं त्यसैले दिनानुदिन हरेक किसिमको रोग, बिराम, दुर्घटना, मृत्यु लगाएत बेरोजगारी जस्ता समस्यमा परि दुख पाईरहेका छौं । त्यसैलाई मध्यनजर गर्दै आपत्कालीन सहयोग कोषको स्थापना गर्ने र बेरोजगार नेपालीदाजु भाई तथा नेपाली दिदी बहिनीहरूको लागी निशुल्क आबास तथा खाद्यान्न सहित NRNA आबास गृह को स्थापना गर्ने ।

प्रतिबद्धता र अनुरोध
म कोरियाको एक दशक भन्दा धेरै कोरियामा रही कोरियाको स्थायी नागरिकता लिएर जहाँ जाऊ जता जाऊ जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो भन्ने भावना लाई आत्मा साथ गर्दै पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मका हरेक नेपालीको सुख दुखमा साथ दिदै आएको छु र यदी म कोरियाको NRNA को कार्यसमितिमा रही सचिबको कार्यभार सम्हाले भने मैले गरेको यी सबै प्रतिबद्धता अवस्य पुरा गर्ने छु ।
त्यसैले विश्वको एक बिकसित राष्ट्र कोरियामा रहेका सबै हामी नेपाली पढेलेखेका बुद्धिजीवीहरु धेरै छौं । तसर्थ कसैको 20 हजार वोन अनि बियर र सोजुको बोतलमा नबिकौं । नातावाद ,जातिवाद तथा क्षेत्रको पक्षमा नलागी असल र सक्षम व्यक्तिलाई तपाईको अमुल्य मत दिएर काम गर्न सक्ने योग्य NRNA कोरिया बनाऊ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...