Advertisement
SKIP THIS

नेपाल नेदरल्यान्ड्ससँग पराजित


फोनिज कोरिया संवाददाता

 

 

सोल – नेदरल्याण्ड्स भ्रमणमा रहेको नेपाली क्रिकेट टोली नेदरल्यान्ड्ससँगको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल मंगलबार १८ रनले पराजित भएको छ | टस जितेर पहिला ब्याटिङ गर्न आएको नेदरल्यान्ड्सले एमस्टेलभिनस्थित भिआरए मैदानमा ५ विकेट गुमाई १ सय ३४ रन बनायो ।
लक्ष्य पछ्याउने क्रममा नेपाली कप्तान पारस खड्काले नटआउट रहँदै ४५ रनको योगदान दिएपनि अन्य नेपाली ब्याट्म्यान जम्न नसक्दा नेपाल पराजित भयो । ओपनरका रुपमा ल्याइएका उपकप्तान ज्ञानेन्द्र मल्लले २४ रन बनाए । ज्ञानेन्द्र र पारस ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ सय रन बनाउने नेपालको पहिलो खेलाडी बने ।

राजेश पुलामी १३ र शरद १० रनमा आउट भए । ओपनर सुवास खकुरेल २ र तेस्रो नम्बरमा पठाइएका विनोद भण्डारी ५ रनमा आउट भएका थिए । इनिङ्सको अन्ततिर प्रदीप ऐरी ६ र करण केसी २ रनमा आउट भए । वसन्त रेग्मी १ रनमा नटआउट रहे । सुवास र विनोदलाई आउट गरेका डच बलर एहसान मलिकले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।

यसअघि नेदरल्यान्ड्सबाट ओपनर स्टेफन मिबर्गले नटआउट ६७ रन बनाएका थिए । नेपाली बलरका अगाडि खुलेर खेल्न नसकेका उनले ६० बल खेली ६ चौका र १ छक्का प्रहार गरे । मिचेल रिप्पोन २५ बलमा २५ रन बनाई नटआउट रहे । वसन्त रेग्मीले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिदैं नेपालबाट उत्कृष्ट बलिङ गरे ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरिरहेका करण केसीले १ विकेट लिए । २ खेलाडी रन आउट भए । करणसँगैं पहिलो आधिकारिक खेल खेलिरहेका अविनाश कर्णले ४ ओभरमा ८ रनमात्र खर्चे ।

पाँचौं ट्वान्टी–२० अन्तराष्ट्रिय खेल खेलिरहेको नेपालको यो तेस्रो हार हो । नेपालले बुधबार नेदरल्यान्ड्ससँगको शृंखलाको दोस्रो खेल खेल्ने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...