सु प समाज काेरियाले “सेती महाकाली सांगितिक सौगात भाग-३” को जानकारीका लागि पत्रकार सम्मेलन गर्दै।

सुदुरपश्चिम समाज दक्षिण कोरियाले आगामी सेप्टेम्बर १३ तारिख साैलमा आयोजना गर्न लागेको छुसक बिशेष सांस्कृतिक कार्यक्रम “सेती महाकाली सांगितिक सौगात भाग-३” को सम्पूर्ण तयारी बारे जानकारी दिन पत्रकार सम्मेलनकाे आयाेजना गर्ने भएकाेछ। पत्रकार सम्मेलन मार्फत समाजले नेपाल देखि आमन्त्रण गरिएकाे ख्याती प्राप्त कलाकारकाे बारेमा जानकारी,कार्यक्रमकाे उद्देश्य, कार्यक्रम हलमा जाने तरिका, ब्यानर, पोस्टर सार्वजनिक गर्ने कार्यक्रम रहेको कार्यक्रम संयाेजक कमल ब. शाहीले जनाएका छन्। कोरियामा रहेका सम्पूर्ण क्रियाशील पत्रकारहरू बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि साथै काेरियाबासी सुदुर पश्चिमेली लगायत सम्पुर्ण नेपाली समुदायलाइ निम्न स्थान, मिति र समयमा उपस्थितीका लागि सु प समाजका अध्यक्ष लाल साउदले हार्दिक निमन्त्रणा गरेका छन्।
तपसिल
मिति :- २०१९/०८/०४ आइतबार
समय :- दिउँसो १२ बजे
स्थान :- दुर्गा रेस्टोरेन्ट, जोङ्गाक स्टेसन, ट्रेन लाइन नं १ एक्जिट नं १