कोरियामा मर्सको कारण ६ बर्ष यता सब भन्दा कम व्यापार
ऐश्वर्य श्रेष्ठ,सोल-दक्षिण कोरियामा मे २० तारिखमा मर्स भाइरस देखा परेसंगैं व्यापार सुस्ताएको थियो ।सेन्ट्रल बैंकले दिएको एक तथ्यांक अनुसार मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोमको कारण कोरियाले व्यापारमा ठुलो घाटा बेहोर्नु परेको बताएको छ ।छ बर्ष यताको सब भन्दा कम व्यापार भएको बैंकले मंगलबार जारी गरेको तथ्यांकमा उल्लेख छ ।
बैंक अभ कोरियाको अनुसार उत्पादन सुचांक गत महिना ७३ अंक रहेको थियो जुन घटेर जुनमा ६६ मा झरेको छ ।खास गरी साना तथा मझौंला उधोग क्षेत्रमा असर परेको छ ।घरेलु उत्पादन र निर्यात दरसमेतको अध्ययन गरिएको थियो ।