Advertisement
SKIP THIS

पूर्वाञ्चल सरोकार समाजको रमाइलो पूर्वेली बनभोज कार्यक्रम सप्पन्न।


पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाद्वारा आयोजित रमाइलो पूर्वेली बनभोज कार्यक्रम भब्य रुपमा सफल भएको छ। उक्त बनभोज कार्यक्रम जुलाई १३ र १४ तारीखका दिन कोरियाको पर्यटकिय स्थल नामयाङ्जुमा आयोजना गरिएको थियो।

बनभोज कार्यक्रममा विभिन्न मिष्ठान्न परिकारहरुका साथै मनोरञ्जनात्मक खेल प्रतियोगिता पनि गरिएको थियो। विभिन्न खेल प्रतियोगिता अन्तर्गत फूटबल खेलमा किरात राई यायोक्खा विजयी भएको थियो। यसैगरी घैला फुटाउने खेलमा एलिसा राई विजेता बनिन् भने तातो आलु खेलमा सरिता तुम्बापोले बाजि मारिन् यसैगरी बेलुन फुटाउने खेलमा अनुप चाम्लिङ राईले अन्तिमसम्म बेलुन बचाएर बिजेता बने। विजेताहरुलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो भने एलिसा राईले पाँचथर सेवा समाजको तर्फबाट सांगीतिक कार्यक्रमको टिकट समेत हात पारिन्।

पूर्वेलीहरु मात्र नभै अन्य जिल्लाहरुबाट पनि उल्लेख्य उपस्थिति रहेको वनभोज कार्यक्रममा पाँचथर सेवा समाजद्वारा छुसकको अवसरमा गरिने “पाँचथर सांगीतिक सौगात भाग १” को पोष्टर सार्वजनिक गरिएको थियो।

रमाइलो वनभोजमा ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको तर्फबाट खसी प्रायोजन स्वरुप ओखलढुंगाका अध्यक्ष श्रीराम तमूले समाजका अध्यक्ष अमृत राईलाई नगद चार लाख वन हस्तान्तरण गरेका थिए। यसैगरी ओखलढुंगा सेवा समाजका अध्यक्ष श्रीराम तमूले पूर्वाञ्चल सरोकार समाजकै मातहतमा रहि आगामी कोरियन चाड सलनालको अवसरमा ओखलढुंगाले पनि सांगीतिक कार्यक्रम गर्ने उदघोष गर्दै सम्पूर्ण संस्थाहरुलाई सहयगका लागि अनुरोध गरेका थिए।

पूर्वाञ्चल सरोकार समाजमा आबद्ध रहेका संस्थाहरुबिच आपसी सद्भाव, सहकार्य, एकता,भ्रातृत्व कायम गर्न साथै आत्मीयता बढाउने उद्देश्यले बनभोज कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष अमृत राइले जानकारी दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...