श्रम काेरियामा उधम नेपालमा


६८ अाै प्रजातन्त्र दिवशकाे अवसर पारेर नेपाली दुताबास साैलले  “श्रम काेरियामा उधम नेपालमा ” भन्ने बिषयमा अायाेजना गरेकाे निबन्ध लेखन प्रतियाेगितामा  काेरियामा श्रम गरिरहेका माेरङका ठगेन्द्र प्रशाद न्याैपानेले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए। उनकाे निबन्ध जस्ताकाे तस्तै।
श्रम काेरियामा उधम नेपालमा
प्रजातन्त्र स्थापनाको ६८ वर्समा त्यसैको आसपासमा स्वतन्त्र भएर विकासको अद्भुत चरणमा वडिरहेको देशमा त्यसको प्रतक्ष सहभागितामा जोडिने श्रमिक समुदायमा यस प्रतियोगिता सुरु गरिनु आफैमा राम्रो विसय रहेको छ।
सर्वप्रथम प्रजातन्त्र स्थापनाको यस महान अभियानमा सहादत प्राप्त गर्ने सहादत प्रती सम्मान व्यक्त गर्दछु।उक्त सपनाको व्यवहारीक लागुको
निमीत्त यस्ता कार्यहरुले सकारात्मकता दिनेछ भन्ने विस्वास गर्दछु।कोरियाली दुतावसलाइ हार्दिक आभार।
 ९९ हजार वर्ग किलोमीटर क्षेत्रफल र करिव ६ करोड जनसंख्या भएको उत्तरपुर्वी एसियाको विकसित रास्ट्र दक्षिण कोरिया।एशियाली
अमेरिका भनेर पनि परिचित छ।३० हजार डलर प्रतिव्यक्ती आय,संसारको सुरक्षित रास्ट्र,निर्यात कर्तामा दोस्रो रास्ट्र र मानव विकास सुचांकमा उत्तम देशकोरिया। यति सानो देश यति धेरै मान्छेहरु कसरी कमाइएगा पैसा।इपियसको फर्म भर्न पहिले मेरो अन्तरमनको प्रश्न?कोरियामा कामगर्ने दाईहरु अनि नेपालकै मनोविज्ञानको जगमा टेकेर करिव ५ वर्स पहिले कोरिया आउने निर्णय गरेको थिए।ठुलो फलाम कम्पनीहरुमा गरिएको अमेरिकी लगानीले कोरिया निर्माण भएको त्यहाँ अमेरिकाको पुर्ण सदासयता छ। यस्तै यस्तै भ्रमहरुमा।भाषा र परम्परामा चाइनाको गहिरो प्रभाव अनि राजनितीमा जापानिजको उपनेवेशिक मानसिकता यस्तै होला भन्ने मेरो कोरियाली वुझाइ नेपालमा रहुन्जेल।
    लामो समय नेपालमै केही गर्ने योजनाको साथ आधुनिक खेती अन्तर्गत वेमौसमी गोलभेडा खेती,वैलर पालन ,होलिस्टेन गाइ सम्म
पाल्दा पनी आवश्यक लगानी र अधिकतम जग्गा नहुनाले गर्न नसकि।सानो लगानीमै काठमाण्डौमा पसल गर्दै गर्दा त्यसमा पनि आसातित आय गर्न नसकेपछी २०१४ को ईपियस परिक्षा दिने निधो गरे।  भाषा कक्षा मेहनत साथ अध्ययन गर्दै अत्यन्तै प्रतिस्पर्धावाट पास भएर कोरिया २०१५/०४/०६मा कोरिया वैधानिक रुपमा प्रवेस गरेको।   भासा परिक्षा दिदै गर्दा सुपरिवेक्षणको रुपमा देखिएका अनुसाशित अफिसरहरु।तालिम लिदै गर्दा र प्रविधी परिक्षण(स्किलटेस्ट)दिदै गर्दा भेटिएका कर्मशील कोरियनहरु देख्दै मेरो मनोविज्ञानले धेरै राम्रो भनिसकेको थियो।हवाइ कर्मचारिको न्यानो अभिवादन संगै ईन्छन एयरपोर्टमा एचआरडी प्रतिनिधिले स्वागत गरिरहदाँ उनले त्यो टिमको क्याप्टेनलाइ छुटेका मान्छेहरुको कारण वुझिरहदाँ हामीलाई अनुसाशित हुदै अध्यागमन छिराउदाउनको कामप्रतीको लगाव हेर्दा अनि ति छुटेका  मान्छेहरुको कारण खोजाइमा सम्भावित ति मान्छेहरुको कम्पनीले मेरो मान्छे किन आएन भन्ने प्रश्नप्रतीको ज़िम्मेवारी वोध वढि झल्किएको महसुस गरे।
२ दिन ३ रातको कोरियन तालिमसंगै एचआरडी प्रतिवीधिवाट कम्पनीको कर्मचारि सम्म पुगेको थियौ संगै कम्पनीको साथि २ जना र अन्य सिनीयर दाइहरुपनि थिए।चारवर्स कोरियामा काम गरिरहदा कारणवस कम्पनी परिवर्तन गरेपहिलो कम्पनी फ़ुड अथवा ओदेंग कम्पनी त्यहाँ माछा र गहु वा आलुको पिठो मिलाएर वनाइन्थो।हेर्दा सामान्य लाग्ने तर हरेक विसय प्रविधीवाट गरिने हामीजस्तो काम भनेको वल गरेर औज़ार चलाउनु मात्र हो भन्नेलाइ फरक थियो काम।ग्रेड अनुसारको माछा त्यसै अनुसार पिठो मिलाएर मिक्स गरेर तोकिएको तापको तेल,वाफ वा आगोको तापमा तयार गरेर आवश्यक चिस्यानपछी त्यसलाइ वजार पठाउने।माछाको पेस्टलाइ -२० डिग्रिकाे चिस्यानमा राखिएको चाइना, भियतनाम,ईन्डिया वा कोरियामा वनेको माछा र चाइना  ईन्डिया वा कोरियामा वनेको गहुँको पिठो लाई तोके वमोजिम विधिद्वारा पिठो वनाइने वढिमा १० डिग्रीमा र त्यसलाइ आवस्यक आकार दिएर वनाउने।मेरो काम माछा र पिठोको मिक्सगर्ने।एकदिनमा ५ हजार केजी माछा देखी ८ हजार केजी पिठो वडीमा मिक्स गरियो । कोरियन,चाइनीज़ र जापानिज लोकप्रिय भेराइटि ओदेंग(सिफुड)।तोकिएकोड्रेस,समय,काममा एकाग्रता र सरकारी अनुगमन यस्तै चिजहरु थिए।
सानो दुर्घटना र केही दिन अस्पतालको वसाइको अनुभव पनि लिन पाए जस्ले कोरियनको दु:खका दिनका दैनिकीहरु नियाल्न पाइयो।त्यसपछी फलाम र तत्त सम्वन्धी कम्पनीहरुमाकाम गर्ने अवसर पाए।गाडी र पानीजहाजको मेसीनरी साना सामानहरु वनाउने।यो काम विशेस लोडको नभएर दिमागको सानो सानो गल्ती हुनाले धेरै सामान विग्रने।अलिवडी तनाव भएपनी ज्यानलाइ सहज लोड नभएर। ठुला फलाम कम्पनी अमेरिकी लगानी र त्यसैको जगमा वनेको कोरियन अर्थतन्त्र र विकास भन्ने विश्वव्यापी वुझाइ।पक्कै भिजेर हेर्दा मैले त्यस्तो पाइन।कुनै गल्लीका वुडाहरुसंग संवाद गर्दा त्यहाँ विदेश गएको गाथा नसुनाउने मान्छे विरलै भेटे।तिनले प्रवासमा गरेको मेहनत र त्यसले दिएको पिडाको मिश्रणलाई अहिलेको कोरिया  हाक्का हाक्की भन्छन।प्राविधिक त केही युरोपमा पहिले पनि थिए कोरियन नर्स पनि थिए।तिनले विदेशिदा सम्वन्धीत देशमा पाएको अपमानलाइ राज्यको अपमानको रुपमा लिए आफ्नो राज्यलाई सधै माया गर्नु पर्ने रहेछ भन्ने सिके।त्यसैले विकासको
पहिलो चरणमा विदेशमा त्यती धेरै लगानी नगरी आफ्नै कोरियामा लगानी गरे।अर्थतन्त्र  मा मन्दी लाग्दा नागरिकले आफ्नो सुन राज्यलाई निसर्त
दिए।संसारभर  आर्थिक वन्दीले ठुलाअर्थतन्त्र भएका ग्रिस जस्तादेशहरु तहसनहस भइरहदा वन्दै गरेका कोरियाहरु रोकिएनन कारण जनतामा रहेको अपार रास्ट्रप्रेम मैले पाँए।रास्ट्रप्रेमी हुन झन्डा वोकेर फोटो खिच्नु वा चोकमा वसेर गफ चुट्ने नभएर सम्वन्धीत व्यक्ती कामप्रती वफ़ादार हुनु मैले सिकेको पहिलो सिप।सामसुंग,देउ जस्ता ठुला कम्पनीहरु घाटामा जाँदापनि कोरियामा खासै असर नपर्नुको कारण यहाँ क्षमता र दक्षता को आधारमा सानो लगानीमा खुलेका साना उधोगहरुपनि हुन जस्ले थोपा थोपा गरेर कोरियनको विकासमा योगदान दिएकै छन।कोरियन साहु वा मेनेजरको घरमा खानाको निमीत्त धेरैचोटि गए तर त्यहाँ मैले सोचेको घरेलु मजदुर थिएनन्।आफ्नो घरेलु काम आफै गरेमा धेरै सामाजिक हेराइ परिवर्तन गर्न सकिने रहेछ मैले सिकेको अर्को महत्वपूर्ण कुरा।
                लामो समयको अस्थिरता र जनतामा रहेको दलाल मानसिकताले हामीलाइ नमजाले थेचरेको रहेछ।अक्सर विदेश वस्ने वा नेपाल वस्ने सवैले अव उत्पादनमा लाग्ने योजना वनाउछौ।अत्याधिक योजना कागजमै वनेकाछन र कागजमै समेटिएको छ।पहिलो त हाम्रो समाजको विकासनै यस्तो भएछकी काम सानो र ठुलो हुने।हामीले शारिरीक श्रमलाइ नहेरी ख़ाली मानसिक श्रमलाइ अत्याधिक चाप दियौ।कागजमै कम्पनी वनाएर मेनेजर हुने सपना भन्दा देखेनौ।कामदार हुनेछन तिनले काम गर्छन मेरो काम ख़ाली अफिसर भएर भुडी हल्लाएर काम अर्हाउने हो भन्ने मानसिकता पहिलो विकाररहेको अवश्य छ।यदि म लगानी गर्छु भने एउटा कामदार स्वयम म आफै हुनेछु भन्ने मानसिकता मात्र विकास गर्न सके उधमी वन्न आधार तयार हुनेछ।छिट्टै कमाइ हुने वा सजिलो काम छान्ने जस्तै पसल गर्ने,होटल गर्ने,भासा पढाउने,गाडी
किन्ने जस्ता कामहरुमात्र पहिलो रोजाइ सवैले यस्तै वनाउनाले प्रतिस्पर्धामा उत्रन नसक्नु वा विदेसवाट फर्किएर सानले गर्न खोज्दा लगानी फस्नु र प्रतिफल ननिस्कनुपनी समस्या रहेकाे छ।
                मैले यो लेखिरहदा कोरिया प्रवेस गरेसंगै एचआरडीको तालिम कक्षमा पुन प्रवेस गर्नेहरुलाइ उधोग खोल्न गरेको आग्रह र अव
तपाइहरु उधोगपती हो भनेर वारम्वार तालिम केन्द्रमा कोरियन प्रशिक्षकहरुको कुरा सम्झिरहे।आठलालवाट विधीवत प्रवेस गरेकाहरु अव
दुई कार्यकाल पुरा गरिसकेर फर्किसकेको र त्यसको लेखाजोखा हामीसंग नहुनु।पक्कै यो कमजोर पक्ष हुनुपर्छ।श्रम स्विक्रिती लिदाँ र अन्य तयारी गर्दा तिरेको रकम सम्वन्धीत शिर्सकमा थुप्रिएर वसेको छ त्यस प्रती पनि अव ध्यान दिन जरुरी छ।सामाजिक पक्ष र कानुनी रुपमा सरकारी तवरवाट उचित व्यवस्थापन गर्न सकेमा हामी उधमी वन्ने प्रसस्त आधार हुनेछ।स्थिर सरकार र राजनितीक स्थायित्व वनिसक्दापनी यति सक्षम क्षेत्रप्रती ध्यान नदिनु पक्कै दु:खदायी लेख्न करै लाग्यो।केही साथिहरु उधमी वन्न खोज्दा खोज्दै पनि नसकेर फेरी सिवीटी वा अन्य
देशको प्रोसेस गर्नुपर्दा साच्चै कहाली लाग्छ देशकाे  अवस्था देख्दा।
                हामीलाइ सामाजिक वन्धन छ,राजनितीले उचित व्यवस्था गर्न सकेको छैन।अव के गर्नेत सवै अन्धकार छ त।पक्कै यो अवस्था छैन।जति शुकै वाद सिद्धान्त वा जेमा वेरिएर फरक भएपनी हामीसंग प्रवासिएको पिडा समान छ।पैसाको मुठो भएपनी विदेशी कामदार भनेर गरिने व्यवहार समान छ।अव यो आधारलाइ मनन गरौ।सानो सानो टिम वनाउ।एक कार्यकालमा करिव १ करोड कमाएको हुन्छ त्यो मध्ये आधा परिवारको आग्रहमा घर जग्गामा लगाएको भएपनी ५० लाखले धेरै गर्न सकिन्छ।५ जनाको टिमले मिलेर संयुक्त काम गरौ त्यो पारिवारिक रुपमा सम्भव नभए एकअर्कामा परिपुरक काम गरौ।जस्तै मैले कुखुरा पाले भने ,अर्को साथिले दाना वनाउने,अर्को साथिले चल्ला निकाल्ने, अर्कोले मासु वजार पुर्याउने र अर्कोले वजारमा विक्री गर्ने ।यो विधीले पनि आफै उधमी वन्न सकिन्छ।धेरै ठुलो उदेस्य राखेर काम गरेमा अवश्य
लक्षमा पुगिन्छ।आजको दिनमा सहर वजारको मंहगो घडेरी वा घरमा हाम्रो पैसा तुलना गरे केही हैन तर उधमी वन्छु भन्ने हिम्मत गरेमा धेरै
ठुलो रकम हो।कोरियामा हामीले सिंकेकोनै मेहनत हो।
                  आज देश छटपटाएको छ।विकास र सम्व्रिद्धी भन्दै धेरै नाराहरु लागे ठुला ठुला दर्सन र आदर्सका सिद्धान्तहरु वने तर व्यवहारीक रुपमा परिवर्तन हुन सकेन।कारण स्वभाविक छ जवसम्म युवाजनशक्तीले देशमा उधमी नवनेर परदेशमा भासिन्छ यस्ता कुनै सिद्धान्त र दर्सनले देश वन्नेवाला छैन।फेरी राजनितीले यति समाज जर्जर भएको छकी मानौ नेताको वोलिनै रामवाड हो।हामी जनता त्यसैमा लैवरी गर्नुपर्छ।अव सोचौ हाम्रा नेताहरुले विदेशीएका प्रती गर्ने व्यवहार देखावटी तपाइहरुले विदेशमा सिपसिक्नुभाछ अव यो प्रयोग गरेर देश वनाउने ज़िम्मा तपाइहरुकै हो।कुरामा जति यथार्थ छ व्यवहारमा त्यतीनै फरक यति तत्तवमोजिम काम भए उधमी वन्न र वनाउन गरिने नितीगत सुधार किन हुदैन?किनकी प्राय नेताको पेसानै जग्गा दलाल र मेनपावर दलाल छ उनिहरुलाइ हामीले विदेश गएर नकमाए तिपेशानै धरापमा पर्न सक्छ।फेरी नेपाली उधमी वन्न थाले स्वाभलम्वि वन्न लागे तिनका खोक्रो दर्सनको रामवाडी कस्ले सुन्दिने कस्ले तिनलाइ हजुर भन्दै दण्डवत गर्दै अगिपछी लागिदिने।
          अव सवै अन्धकार भएपनी ज्योति वाल्ने ज़िम्मा तपाइको अनि मेरो काधमा छ।हामी संग मेहनत गरेर कोरिया वनिएको आखै अगाडी
देखिएको छ।कोरियामा सिकेको समयमा काम गर्ने र कामप्रती ज़िम्मेवार हुने सिपमात्र कामलाग्ने हो।धेरै ठुलो आट नगरि आफु आफ्नै समाजवाट स्थापित हुनेहो।मतलव यो प्रविधीले हामीलाइ खासै काम लाग्दैन कतिपय हामीले प्रयोग गर्ने मेसिन हाम्रो देशमा नौलो छ।अथवा यो
मेसिनले नभएर हाम्रै स्थानिय प्रविधीले विकास गरेर यो स्थानमा आइपुग्ने हो।पहिले म गर्छु र सक्छुनै आवश्यक छ।हामी कोरिया वस्ने नेपाली मात्र अवको १० वर्समा ५० हजार माथि पुग्छौ।हामीले सिकेको मेहनत र पसिनामा रमाए अवश्य देशलाइ अर्थतन्रमा र आफुलाइ उधमी वन्न सहज हुनेछ।
              धेरै सल्लाहकार जस्तो मात्र भयो ।मेरो योजनापनि अन्तमा राख्न चाहन्छु।मसंग पैत्रिक र यहाँ आएर जोडेको केही जमिन छ।त्यसमा
विस्तारै माटोको अध्ययन र वजारको अवस्था हेरेर एउटा तरकारी खेती र पशुपालन गर्ने योजना छ।आवश्यक केही जमिन खरिद गर्ने वा लिजमा लिने पछी हुनसक्छ तर सकेसम्म ठुलो महल र छिट्टै उधोगपती वन्ने सपना नभएर खाध्यमा सानो समुदायलाइ आत्मनिर्भर वनाउदै एउटा नमुना रुपमा स्थापित हुने योजना छ।दैनिक उपभोग्य वस्तुमा पहिले ध्यान दिदै अगि वड्न सक्छु भन्ने आत्माविस्वास पनि।मानौ मैले गाई पाले विस्तारै दानाको व्यवस्थापन गर्ने प्रविधी सिक्दै भोलि अरुले गाइ पाल्दा म दानाको उत्पादन गर्न सक्छु यसरी जान सके छिट्टै उधमी वनिन्छ। एकैचोटी ठुला उत्पादनमा हात हाल्न खोजे अन्तरास्ट्रिय वजार र उत्पादनमा प्रतिस्पर्धा गर्न मेरो पुजिगत क्षमता र वजार क्षमताले धान्दैन यो विसयमा सचेत छु।ठुला वहुरास्ट्रिय र व्रान्ड प्राप्त कम्पनीहरुको इतिहासलाइ पनि अव सुक्ष्म अध्ययन गर्न जरुरि रहेछ।जस्तै एडिडास र पुमा कम्पनी सहोदर दाजुभाइको  तर त्यसको प्रतिस्पर्धा अन्तराष्ट्रीय वजारमा कति छ हामी सवैमा जानकारै छ।विश्व उधोगिकरणको युगमा प्रवेस गरेसंगै विस्वको वायुमन्डलमा कार्वनको मात्रा वड्दै गएको र वातावरण अत्यन्तै प्रदुषित हुदै तापमानको उच्चताले
संसार मानिसको शरिर अनुसार नहुने।पछिल्ला अनुगमनले देखाउदै गएको छ।त्यस्को असर प्रतक्ष हाम्रा हिमालहरुमा पर्न शुरु गरिसकेको छ। यस्लाइ रोक्ने किसीमको उधमपनि हामीले गर्न जरुरी छ।
                झट्ट हेर्दा संसारले जरिवुटी र स्वच्छ खानेपानीको भण्डारको रुपमा लिएको नेपाल।विस्तारै त्यस्को सहि सदुपयोग र त्यसैको व्यपारवाट पनि धनिवन्न सक्छ।यि सवै कार्यगर्न पहिले त हामी आवश्यक खाध पदार्थमा आत्मनिर्भर हुन जरुरी छ।भुपरिवेष्टीत रास्ट्र अनि एकातिरका नाकाहरुसवैमा उच्च हिमाल र सडक नहुनु अर्को देशले अनेकन राजनितीक वहानामा निहु खोजिरहनुलेपनी हामीलाइ आजसम्म नेपालमै केही वहुरास्ट्रिय कम्पनी खोल्न सकिदैनकी अथवा ठुलो उधोगपती वन्न सकिदैनकी भन्ने भ्रम वाकीनै रहदा ठुला लगानी कर्ता नेपालीनै विदेशी वजार खोजिरहेका छन।यस्तो अवस्थामा हामीले  कमाएको सानै रकमलेपनि सानो उधमगर्दै पारस्परिक साझेदारीतामा अवको ठुला
उघोगहरुसंग प्रतिस्पर्धा गर्न सक्छौ।हामीले देखेका धनिराज्यहरुमा महँगी र जिवनस्तर माथी रहदाँ।श्रम वा श्ररमीकलाइ ज्याला अत्यन्तै मंहगो पर्न जान्छ जस्ले ठुला कम्पनीहरुको वजार मुल्यवडी र त्यही गुणस्तरको सामान हाम्रो जस्तो मुलुकमा कम वजार मुल्यमा निकाल्न सक्छौ अवको विश्वमा पुँजी भन्दा श्रमको मुल्यवडी अथवा उत्पादनमा मजदुरको आधिपत्य ज़म्ने लगभग निश्चित छ।
सवै समस्याको समाधान समाजमा कामलाइ गरिने फरकपन,राज्यले नवनाएको लगानी वातावरण भन्दा आफैले अव उत्पादनमा जोडिन्छु भन्ने विश्वास जगाउन सके उधमी वन्न सहज छ।अझै कोरियामा कमाएको पैसाले अन्य देशको सामान वेचेर छिट्टै करोड़पति वनौला,अथवा अहिले दलाल पूँजीवादी व्यवस्था अनुसार सेयर र फाइनान्सियल कारोवार गरेर व्यवसायी वन्छु भन्ने शोचचै उहि काग़ज़े उधोगपती हुनु र फेरी अर्कोदेश भासिने वाट खोज्नु मात्र हुनेछ।आधुनिक खेती वाट आत्मनिर्भर राज्य र त्यसैको आधारमा ठुला वहुरास्ट्रिय कम्पनीसंग प्रतिस्पर्धी उधमी वन्न सहज हुनेछ। हाम्रो सोच तत्कालको लागी आधुनिक वाहेक वनेमा विनाजगको महलवाहेक हुनेछैन।तसर्थ कोरिमामा रहदा वस्दा सकेसम्म खेती सम्वन्धी तालिम लिऔ। धन्यवाद
ठगेन्द्र प्रसाद न्यौपाने
वुसान छंग्वानसी

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अमृत राईद्वारा एनआरएन कोरियाको वरिष्ठ उपाध्यक्षमा उम्मेद्बारी दर्ता
  • तमू धीं दक्षिण कोरियाको चौथो “रोधीं सांगीतिक सौगात” भव्यताका साथ सम्पन्न ।
  • स्टार रेमिट दर्ता गर्दा ‘१० हजार वन’ पाइने !
  • सेवा-सेवारो सांगीतिक कार्यक्रमका लागि कलाकारहरू कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    प्रवासी मजदुरहरुको बसोबास सम्बन्धि नयाँ नियम पारित, जुलाई १६ बाट लागू हुने

    कोरियन सरकारको रोजगार तथा श्रम मन्त्रालय द्वारा प्रवासी मजदुरहरु बस्ने छात्रावास(खिसुक्सा) सम्बन्धि नयाँ नियम पारित गरेको छ । उक्त नियम यहि जुलाई १६ बाट लागू हुने जनाएको छ । यदि नयाँ कानुन अनुसारको छात्रावासको व्यवस्था नभएमा साहूले अनुमानि नदिएपनि प्रवासी ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...