द एक्स ब्याण्डले ''लुक्न देउ मलाई'' भन्दा झुम्मिए कोरियाबासी नेपाली


सोल – जब द एक्स ब्याण्ड स्टेजमा देखा पर्यो | माहोल एकाएक तातियो | युवापुस्ता माझ लोकप्रिय ब्याण्ड द एक्सले गाउन शुरु गरे पछि आयोजकलाई स्थित सम्हाल्न हम्मेहम्मे पर्यो |
12071618_10207945372378000_696466010_n (1)
द एक्सले आफ्ना हिट नम्बरहरु ‘च्याङबा दाई’ , ‘लुक्न देउ’ , ‘ तिम्रो मुस्कानले ‘ , ‘हाम्रो सिमाना’ , ‘देखे तिमीलाई हिजो राती सपनीमा’ , बाईरोड़को बाटो लगायतका गाईरहदा उपस्थित दर्शकले संगै गाउदै साथ दिएका थिए | भोकलिष्ट शिव मुखियालाई गितारिष्ट सजल राजभण्डारी र ड्रमर सुरेन्द्र श्रेष्ठले साथ दिए |
 
उक्त अवसर नेपाल गोरखा परिवार दक्षिण कोरियाले जुराईदिएको थियो | ”मनास्लु सांगीतिक सौगात भाग-२” नाम दिएको कार्यक्रम सङबुक कुमिन यसङ ह्वेग्वानको हलमा भएको थियो |
 
कोरियाका लागि नेपाली राजदुत् कमानसिंह लामाले पानसमा दियो बालेर उदघाटन गरेका थिए | कार्यक्रममा कोरियामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत कोरियामा रहेका नेपाली समुदायको उपस्थिति रहेको थियो |
 
12084049_10207945372217996_2032649432_n
कार्यक्रममा लोक गायक गोकुल पाण्डेले ‘ जिम्बाल बाको आगन’ र सालैजो गाउदै नचाए भने हास्य कलाकार राजा राजारामले पेट मिचिमिची हसाएका थिए | गायिका शिन्धु मल्लले आफ्ना हिट गीतहरु झलझली आखामा र छियाछिया भइसक्यो यो छाती गाएर उपस्थित दर्शकलाई मनोरन्जन दिएकी थिइन् |
 
12067314_10207945372418001_125866911_n
त्यसै गरि लोक दोहोरी गायक / गायिका दिप सागर थापा मगर र राधिका हमालले लाईभ दोहोरी गाएर संगै गाउदै छमीछमी नचाएका थिए | सोहि अवसर नेपाल मगरसंघ कोरियाका स्थानिय कलाकारले कौडा नृत्य प्रस्तुत गरेका थिए |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट काभ्रेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
  • उत्तरी छुङ्छङ् प्रान्तको सुन्दर ठाउँमा सिन्धुपाल्चोक समाजले वनभोज कार्यक्रम गर्ने
  • कोरियाबाट काभ्रेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
  • विश्व प्रसिद्ध लोटस् लान्ट्रन फेस्टिवल मे ११ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...