Advertisement
SKIP THIS

गुठी बिधेयक प्रति नेवाः पुचः दक्षिण कोरियाको बिरोध, फिर्ता गर्न माग


भूमि सुधार मन्त्रालयद्धारा गत हप्ता संसदमा दर्ता गरेको गुठी बिधेयक प्रति नेवाः पुचः, दक्षिण कोरियाले बिरोध जनाएको छ । नेवाः पुचः ले शुक्रबार प्रेस विज्ञप्ति मार्फत आफ्नो विरोध जनाएको हो ।

मौलिक परम्परा, संस्कृति र इतिहास नै राज्यको अमुल्य सम्पत्ति र पहिचान हो । तर संस्कृतिलाई जगेर्णा र संरक्षण गर्नुको साटो उल्टै मास्ने काममा राज्य नै उद्दत रहेको भन्दै विज्ञप्तिमा लेखिएको छ “भूमि सुधार मन्त्रालय मार्फत संसदमा दर्ता गरेको गुठी विधेयकको नेवाः पुचः, द. कोरिया घोर बिरोध गर्दछ । साथै उक्त विधेयक अविलम्ब फिर्ता गर्नका लागि जोडदार माग गर्दछ ।”

विज्ञप्ति
भूमि सुधार मन्त्रालयद्धारा गत हप्ता संसदमा दर्ता गरेको गुठी बिधेयक प्रति नेवाः पुचः, दक्षिण कोरिया घोर बिरोध गर्दछौं । हाम्रो मौलिक परम्परा, संस्कृति र इतिहास नै राज्यको अमुल्य सम्पत्ति र पहिचान हो । संस्कृतिलाई जगेर्णा र संरक्षण गर्नुको साटो उल्टै मास्ने काम तर्फ राज्य नै उद्दत रहेको हुंदा यो एउटा उपत्यकावासी नेवार समुदायसंग मात्र जोडिएको र सिमित रहेको बिषय नभई सिङ्गै मुलुक र आम नागरिकको मौलिक पहिचान पनि हो ।

गुठी परम्परा सम्भवतः एउटा यस्तो विशिष्ट संस्कृति हो, जसबाट विश्वमा नेपालको मौलिक पहिचान बनेको छ । नेपालको लिखित इतिहास जत्ति कै प्राचीन गुठी कै कारण हाम्रा संस्कृति, संगीत, परम्पराले निरन्तरता पाउंदै आईरहेका हुन् । कति शासन व्यवस्था फेरिए, कति शासक ढले र उदाए, कतिपय सन्दर्भमा नेपाल कै सिमाना विस्तार र संकुचनसम्म भयो, तर गुठी नेपाली सामाजिक जीवनबाट कहिल्यै अलग्गिएन । राज्य सत्ताले बुझोस् एकातिर राज्यको प्रतिनिधिका हैसियतमा राष्ट्रपतिले भोटोजात्रामा औपचारिक उपस्थिति जनाउनु, अर्कातिर सम्पदा–संस्कृतिको जरै निमोठ्ने कानुनी प्रावधान खोज्नु, यो त केवल पाखण्ड हो । यस्तो प्रवृत्तिले संस्कृति–सम्पदाको संरक्षण कदापि हुंदैन । यस खाले पाखण्डको कुनै अर्थ छैन । यसर्थ भूमि सुधार मन्त्रालय मार्फत संसदमा दर्ता गरेको गुठी विधेयकको नेवाः पुचः, द. कोरिया घोर बिरोध गर्दछ साथै उक्त विधेयक अविलम्ब फिर्ता गर्नका लागि जोडदार माग गर्दछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...