तमू धीं दक्षिण कोरियाको बृहत वनभोज जून २२ र २३ मा हुने


तमू धीं दक्षिण कोरियाको आइतबार बसेको बृहत बैठकले बिभिन्न निर्णयहरु गरेको छ । संस्थाका केन्द्रिय अध्यक्ष जित गुरुङको अध्यक्षतामा भएको छलफलले जुन २२ र २३ तारिखमा बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ ।

बैठकमा कार्यक्रम रिं च्हमीं कैं (चेलीबेटि भोज) कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । साथै संस्थाको अर्को कार्यक्रम बृहत वनभोज कार्यक्रमको लागि केन्द्रिय अध्यक्ष जित गुरुङको संयोजकत्वमा थेगू शाखाका अध्यक्ष हर्क गुरुङ र ख्यङ्साङ्नाम्दो शाखाका अध्यक्ष अनिश गुरुङ को ३ सदस्यीय मुल व्यवस्थापन समिति र विभिन्न उपसमितिहरु गठन गरेको छ ।

हल व्यवस्थापनमा संयोजक जित गुरुङ सदस्य एक गुरुङ, यातायात व्यवस्थापनमा संयोजक नरेन्द्र गुरुङ सदस्यहरुस्रुपा गुरुङ,तुरन गुरुङ र टेक गुरुङ, खाजा व्यवस्थापनमा संयोजक विपना गुरुङ, शान्ति गुरुङ, रिथ गुरुङ, मञ्जु गुरुङ, सांस्कृतिक कार्यक्रममा संयोजक सबिन गुरुङ,सदस्यहरुस् पुरन गुरुङ,दल गुरुङ, शतिश गुरुङ, दिपा गुरुङ र लिलु गुरुङ, मनोरञ्जनात्मक खेलमा संयोजक दल गुरुङ र सदस्य तोप ब. गुरुङ, खसी तथा मासु व्यवस्थापनमा संयोजक तेज गुरुङ सदस्य एक गुरुङ, समान किनबेच व्यवस्थापनमा संयोजक एक गुरुङ सदस्यहरु रुपा गुरुङ र नरेन्द्र गुरुङ , अतिथि व्यवस्थापनमा संयोजक जित गुरुङ र सदस्यहरुमा सुरज गुरुङ र प्रदिप गुरुङ ,आर्थिक व्यवस्थापनमा संयोजक रुपा गुरुङ सदस्यहरुमा नरेन्द्र गुरुङ र दुर्गा गुरुङ, खाना व्यवस्थापनमा संयोजक पुर्ण गुरुङ , सदस्यहरुमा धर्म गुरुङ,कृष्ण(ब्रो) गुरुङ,लक्ष्मी गुरुङ,तेज गुरुङ,टेक गुरुङ ,दुर्गा गुरुङ,तुरन गुरुङ , प्रचारप्रसार व्यवस्थापनमा संयोजक लेसन गुरुङ, सदस्यहरुमा बोमजन गुरुङ,तेज गुरुङ र तुरन गुरुङ
आवास कोठा व्यवस्थापनमा संयोजक ईन्द्रराज गुरुङ सदस्य मञ्जु गुरुङ र प्रेस तथा डिजाईन संयोजक सुरज गुरुङ रहेका छन्।

तमू धीं दक्षिण कोरियाले कोरियाको विभिन्न भूभागमा छरिएर रहेका तमूहरुलाई एकै ठाउंमा जम्काभेट गराउने र कोरियाको व्यस्त समयले थकित मनलाई मनोरञ्जन दिलाउने उद्देश्य सहित कोरियाको मध्य भूभागको रमणीय र पर्यटकीय स्थान थेजनमा सो कार्यक्रम हुनेछ ।

तमू हरुको विश्वव्यापी नारा”प्ये म्हस्याँ छ्या म्हमु,छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु”अर्थात शास्त्र हराए संस्कार हराउंछ,संस्कार हराए संस्कृति हराउंछ, संस्कृति हराए मानिस जाति नै हराउँछ लाई आत्मसाथ गर्दै कोरियामा विभिन्न पेशा तथा व्यवसायको शिलशिलामा बसोबास गरि रहेका तमूहरुलाई एकै स्थानमा जम्काभेट गराई विभिन्न नेपाली तथा कोरियन परिकारको स्वाद लिन सकिनेछ । तमूहरुको विभिन्न मौलिक पराम्परामा आधारित विभिन्न सांस्कृतिक प्रस्तुतिहरु रहनेछ । विभिन्न मनोरञ्जनात्मक खेलहरुका साथमा रमणीय ठांउहरुको अवलोकन गरेर कोरियाको व्यस्त जीवनबाट थकित मन र शरीरलाई रमाईलो र मनोरञ्जन दिलाउने कार्यक्रमको लक्ष्य रहेको संयोजक तथा तमुधीका अध्यक्ष जित गुरुङले दिए ।

कोरियाको गर्मी मौसमले उथुलपुथुल मनलाई शीतलता दिलाउने उद्देश्य अत्यन्तै सफा र सुन्दर तालको नजिकै रहेको स्थानमा कार्यक्रम गर्न लागिएको संस्थाका बरिष्ठ उपाध्यक्ष एक गुरुङले जानकारी दिए । साथै कार्यक्रममा सहभागी हुनको लागि कोरियाको सउल, थेगू र किम्हेबाट सुविधा सम्पन्न टुरिष्ट बसको व्यवस्था गरिने जानकारी गराए ।

कोरियाबासी सम्पूर्ण तमू एवं गैर तमू दाजूभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी हुने तमूधीले आग्रह गरेको छ । कार्यक्रममा सहभागी हुनको लागि पुरुषले ९० हजार वन र सहभागीका लागि ७० हजार वन वन शुल्क रहेको छ । इच्छुकले समयमै नाम टिपाउन आयोजकले आग्रह गरेको छ ।

रकम ट्रान्सफर गर्नको लागि बैंक खाता नं. ११०४१२१२८५६९
खाताबाहकको नाम गुरुङ रुपा बैंकको नाम सिनहान बैंक(신한은행) मोबाईल नंं ०१०२२९३२७३० (रकम ट्रान्सफर गरिसकेपछि मोबाईल तथा भाईबरमा मेसेज अथवा कल गर्नु अनुरोध छ ।)

थप जानकारीको लागि सउल क्षेत्रमा जित गुरुङ ०१०४३१५७६११, एक गुरुङ ०१०८७९७४७६९, लेसन गुरुङ ०१०२१६३२८४१, रुपा गुरुङ ०१०२२९३२७३० लाई सपम्र्क गर्न सकिनेछ । त्यस्तै थेगु क्षेत्रमा हर्क गुरुङ ०१०२५२१८३२१, विल गुरुङ ०१०४०५१८५५६ र  बुसान किम्हेको क्षेत्रमा अनिश गुरुङ ०१०२४९०६१३९, परी गुरुङ ०१०३०३८५६९६ लाई सम्पर्क गर्न सकिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...