कोरियामा फेरी अर्को नेपालीको मृत्यु
रोजगारीको सिलसिलामा ८ बर्ष पहिले दक्षिण कोरिया आएका काठमाडौका ध्रुब भण्डारीको विहीबार मृत्यू भएको हो । ४७ बर्षिय भण्डारीको हृदयघातका कारण मृत्यू भएकाे अस्पतालले जनाएकाे छ ।
६ तारिख कम्पनी बेहोस भएको पाए पछि छनानकाे थान्कुक युनिभर्सिटी अस्पतालमा भर्ना गरिएकाे थियाे ।
इपिएस मार्फत काेरिया अाएका उनी ३ वर्षदेखि बिना भिषा काम गर्दै आएका थिए । उनको मृत्युको बारेमा नेपाली राजदुताबास र परिवारलाइ जानकारी गराईसकिएको छ ।
मृतक भण्डारीको श्रीमती र ४ जना छोराछोरी रहेको बुझिएको छ ।