कोरियामा आयो ‘मनको डढेलो’
फोनिज कोरिया संवाददाता
सोल-कोरियामा प्रवासी कामदार निक्कै व्यस्त हुन्छन | यहाँ छिन् छिनको महत्व धेरै हुन्छ यस्तै समय सदुपयोग गरेर केहि संगीतप्रेमी युवाहरुले कला र सिर्जनालाई अघि बढाउदै आएका छन् | पछिल्लो समयमा युथ फर चेन्ज कोरियाले दुई वटा भिडियो सार्वजनिक गरेको छ ।
रमेश सेन्चुरी, हरिराम शर्मा र देवी घर्तीको स्वर, दिपक शर्मा ‘स्टार’को शब्द र सज्जनकुमार सिंहको संगीतमा मनै छुने लोक दोहोरि एल्बम मनको डढेलो र आनन्द कार्कीको स्वरमा सजिएको ‘रोजाईमा म’ नामक गीत र भिडियो सार्वजनिक गरिएको हो ।
कोरिया र नेपालमा छायांकन भएको मनको डढेलोमा दिपक शर्मा, हरिहर शर्माको रमेश सेन्चुरि, जिना लिम्बू लगायतको स्वर तथा अभिनय रहेको छ । जेआरसी मिडियाले बजारमा ल्याएको दुई गीत मध्ये ‘रोजाईमा म’ आधुनिक गीतमा अलिसा सिं, अनिल श्रेष्ठ ,र अनुराग सापकोटाको अभिनय छ ।
त्यस्तै विरु कार्किको छायाङ्कन र सज्जनकुमार सिंहको निर्देशनमा बनेको हो । लेखक र मोडेल समेत रहेका सज्जनको निर्देशनमा बनेका ७ वटा तयार भएका छन् | ती गीतहरु क्रमिक रुपमा सार्वजनिक गर्ने तयारिमा रहेक पनि उनले जानकारि दिए |
। गीतको सम्पादन निर्देशक तथा जेआरसि मिडियाका प्रमुख जीवन सेन्चुरिले गरेका हुन |
गीतको भिडियो हेर्नुहोस:-