Advertisement
SKIP THIS

एनसीसी सचिब चेतबहादुर बस्नेतद्वारा अधिबेशन बहिस्कार


फोनिज कोरिया संवाददाता

सोल- नेपाली सम्पर्क समिति (एनसीसी) कोरियाको आज हुने १५ आधिबेशन सस्थाकै सचिब चेतबहादुर बस्नेतले बहिस्कार गर्ने भएका छन् | मिति तोकिए यता संस्थाको कुनै बैठक नभई अधिबेशन गर्न लागिएको जनाउदै बस्नेतले बहिस्कार गर्ने भएका हुन् | उनले भने ‘ अधिबेशनको मिति तोकिए यता कुनै बैठक भएको छैन, यस्तो अवस्थामा मैले अधिबेशनको कल्पना गर्नै सक्दिन |’

 

संस्थाको सचिबले अधिबेशन बहिस्कार गरेको सम्भवत एनसीसीको इतिहासमै यो पहिलो घटना हुनसक्छ | कार्यक्रम संचालन गर्न र संस्थाको प्रगति विवरण प्रस्तुत गर्ने सचिबले नै बहिस्कार गरेपछि एनसीसीको अधिबेशन कसरि हुन्छ ? भनेर नेपाली समुदायले चिन्ता व्यक्त गरेका छन् |

 

यस अघि आज हुने अधिबेशनको मिति सार्न २ दर्जन बढी संस्थाले अनुरोध गरेका थिए | कोरियाकै पुरानो संस्था एनसीसीलाई ब्यबस्थित गर्न चौतर्फी आवाज उठी रहेका बेला अध्यक्ष लोचन राई एनआरएनको भावी अध्यक्ष हत्याउन अधिबेशन गर्न हतारिएको सार्बजनिक रुपमै आरोप लाग्दै आएको छ |

त्यस्तै सचिब बस्नेत र कोषाध्यक्ष बिष्णु न्यौपानेले संयुक्त विज्ञप्ती जारी गरी अहिलेको समयमा अधिवेशन गर्नुको कुनै अर्थ नरहेको जिकिर गरेका छन् |

 

प्रेस विज्ञप्ती

 

नेपाली सम्पर्क समिति दक्षिण कोयस अघि रियामा ईतिहास वोकेको संस्था हो । यसको नया कार्यसमिति चयन भएदेखि यसलाई व्यवस्थित ढंगले संचालन गरेर कोरियामा छाता संगठनको रुपमा विस्तार गर्नुपर्ने हाम्रो धारणा रहेको थियो । तर यसका अध्यक्ष लोचन राई र वरिष्ठ उपाध्यक्ष बलराम पुनको मनोमानीका कारण संस्था कोरियामा अव्यवस्थित हुन पुग्यो । विना तयारी अध्यक्ष र वरिष्ठ उपाध्यक्षको लहडले मात्र अधिवेशन गर्नुको कुनै छैन ।

 

एन सि सि अधिवेसनको लागि सबैभन्दा पहिले सदस्यता वितरण र नविकरण गर्नुपर्ने त्यसको केही काम भएको छैन । एन सि सिको अधिवेशन गर्ने भनिएपनि एक पटक पनि कार्यसमितिको वैठक बसेको छैन । यसकारण एन सि सि अधिवेशन गर्नु कुनै औचित्य छैन । आफूहरुले संस्थालाई नियम ढंगले थजान पहल गरेपनि उनीहरुले छोडने र पद हत्याउने सोचमा मात्र प्रेरित भएर कुनै तयारी नगरेको कारण यसमा सहमति जनाउन सकिने ठाउ छैन ।

 

एन सि सि अधिवेशनको लागि न सांगाठानिक प्रतिवेदन माथि छलफल भएको छ न आर्थिक प्रतिवेदन नै बनाइएको छ । अध्यक्ष र उपाध्यक्षले एकलौटी ढंगले अधिवेशन मात्र गर्ने मनलाग्दी सार्ने र मिति तय गर्ने गरेको कारण सिंगो एन सि कार्यसमिति माथि खेलवाड गरेको छ ।

 

पछिल्लो समयमा कोरियामा रहेका २१ भन्दा बढि संघ संस्थाले अधिवेशन सार्न विज्ञप्ती जारी गर्दा आफूले जानकारी नपाएको भन्ने एन सि सि कुन निर्णय बाट यो अधिवेशन गर्न लागेको हो त ? मर्सको अहिलेको भयावह अवस्था दुतावासको भिडभाडमा नहिडन गरिएको आग्रहलाई समेत यो अधिवेशनले उपहास गरेकोमा लज्जा महसुस गरेका छौं ।

 

कार्यसमितिको बैठक नबसि कुनै निर्णय नगरी गरिएको अधिवेशनको जिम्मेवारी आफूहरुले लिन नसक्ने पनि प्रस्ट पार्न चाहन्छौं । यो मनलाग्दी व्यवहारको कारण सचिवको तर्फबाट माईन्यूट र कोषाध्यक्षको तर्फबाट लेखा समेत बुझाइसकेको हुदा अहिले हुने भनिएको अधिवेशन विधान विपरित र कार्यसमितिको निर्णय विपरित भएको हुदा यसको औचित्य नभएको प्रस्ट पार्न चाहन्छौं ।

 

सचिव- चेतवहादुर वस्तेत                                              कोषाध्यक्ष -विष्णु न्यौपाने

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...