मर्सबाट शुक्रबार थप २ को मृत्यु
फोनिज कोरिया संवाददाता सोल –दक्षिण कोरियामा पछिल्लो समय महामारीरुपमा फैंलिएको मर्सको कारण शुक्रबार थप २ जनाको मृत्यु भएको छ ।थप एकजनामा मर्सको संक्रमण भएको पाइएको छ भने यो रोगबाट संक्रमित हुनेको संख्या १ सय ८१ पुगेको छ ।
नयां भेटिएको मर्स संक्रमित बिरामी सोल सामसुंग मेडिकल सेन्टरका डाक्टर रहेका छन् ।सामसुंग समुहद्धारा सञ्चालित यो अस्पतालमा मर्स बिरामीहरुको उपचार भैंरहेको छ ।ती दुई जना मृत्यु हुनेमा दुवैं महिला भएको स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको छ ।मृत्यु हुनेमा ७९ बर्षीय र अर्का ८० बर्षीय महिला रहेका छन् ।
मन्त्रालयले दाबी गरेअनुसार मृत्यु हुने मध्येका ९० प्रतिशत कुनैं न कुनैं रोगबाट संक्रमित भएको र बिस्तारैं स्वास्थ्य अवस्था कमजोर भएर मृत्यु हुने गरेको तथ्य बाहिर आएको छ ।शुक्रबार मृत्यु भएका ती दुई महिलासमेत मधुमेह तथा क्यान्सरबाट पिडित थिए ।हालसम्ममा मर्सबाट मर्नेको संख्या ३१ जनाको मृत्यु भैंसकेको छ ।संभावित संक्रमण हुने आशंकामा २९सय ३१ जनालाई छुट्टैं राखिएको छ ।यो संख्या अघिल्लो दिन २६ सय ४२ जना रहेको थियो ।
त्यसैंगरी कोरिया सरकारद्धारा मर्सबाट मृत्यु हुनेको परिवारलाई १ करोड वन आर्थिक सहयोग गर्ने भएको छ ।