कोरियामा ईपिएस कामदार माथि दुर्ब्यबहार
फोनिज कोरिया संवाददाता
सोल – ख्यङगी दोङदुछङसी स्थित वासीङ नारा नामक कम्पनीमा कार्यरत एक नेपाली कामदारलाई संगै काम गर्ने कोरियनले कुटपिट गरेको पिडितले फोनिज कोरियालाई बताए | पिडित नेपाली ईपिएस मार्फत १ वर्ष २ महिना अघि कोरिया आएका थिए | हाल उक्त कम्पनीमा चार जना नेपाली कार्यरत रहेका छन् | गत बिहिबार घटना भएको र शुक्रबार पुलिस र नोदोङबुमा रिपोर्ट गरेको पिडितले बताए |
पछिल्लो चरणमा कोरियामा आएर आत्महत्या गर्ने र दुर्ब्यबहार पर्ने नेपालीको संख्यामा वृद्धि आएको छ | हाल ईपिएस मार्फत कोरिया आएका नेपालीको संख्या ३० हजारको हाराहारीमा छ |