Advertisement
SKIP THIS

अमेरिकामा टिपीएस खुल्यो, आवेदन डिसेम्बर २१ सम्म


फोनिज कोरिया संवाददाता

न्युयोर्क-अमेरिकी सरकारले कागजविहीन रहेका नेपालीहरुलाई ‘टेम्पोररी प्रोटेक्टेड स्ट्याटस(टिपिएस)’ प्रदान गर्ने भएको छ । अमेरिकी सरकारले आप्रवासीहरुलाई अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था दिने सुविधाअनुसार कागजविहीन नेपालीलाई यो सुविधा प्रदान गरेको हो ।

 

यो सुविधा पाउन नेपालीले आवेदन भर्नुपर्नेछ । अमेरिकी संघीय सुचना प्रवाह गर्ने ‘फेडेरल रजिस्टर’ले दिएको जानकारीअनुसार ‘होमल्यान्ड सेक्युरेटी विभाग’ले यो सुविधा पाउन जुन २४ देखि डिसेम्बर २५ सम्म आवेदन दिन सकिने छ । यसले अमेरिकामा कामकाजका लागि कानुनी कागज नभएका नेपालीहरुलाई मद्दत पुग्ने छ ।

 

टिपिएस प्राकृतिक विपत्ति, सैनिक विद्रोह जस्ता घटनामा अमेरिकामा रहेका सम्बन्धित मुलुकका नागरिकलाई प्रदान गरिने अस्थाई रुपमा संरक्षण गर्ने अमेरिकी नीति हो । नेपालमा गत वैशाख १२ गते भूकम्प गएको र यसले ठुलो क्षति गरेकोले अमेरिकामा कागजविहीन रुपमा बसेका नेपालीहरुलाई यो सुविधा प्रदान गराउन विभिन्न नेपाली संघसस्थाहरु लागि परेका थिए । फेडेरल रजिस्टरले नेपालमा भूकम्पले ठुलो क्षति पुगेको र नेपाल सरकारको अनुरोध आएकोले यो सुविधा प्रधान गरेको जनाएको छ । उसले २५ हजार नेपालीले यो सेवा लिन सक्ने अनुमान गरेको छ ।

 

आप्रवासन सम्बन्धी कानुन ‘पी एल १०१–६४९’ ले व्यवस्था गरेकोले अभियन्ताहरुले नेपालीले टिपिएस पाउनुपर्नेमा जोड दिएका थिए । नेपालमा आएको भूकम्पलाई मध्यनजर गर्दै गत वैशाख ३० मा अमेरिकाका लागि नेपालका राजदुत डा. अर्जुन कार्कीले ‘अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’का सेक्रेटरी जेह जोहन्सनलाई सम्बोधन गर्दै टिपीएस का लागि पत्राचार गरेका थिए । नेपाली डायस्पोरा एवं केहि अमेरिकी कंग्रेसम्यान र सिनेटरहरुले पनि यसको पक्षमा लबिङ गरेका थिए । जसमा न्युयोर्कबाट प्रतिनिधित्व गर्ने सिनेटर चाल्र्स सुमेर डटेर लागेका थिए ।

 

यो सुविधा यही जुन २४ तारिख बुधबारका दिनबाट सुरु भई आगामी वर्ष २०१६ डिसेम्बर २१ सम्म अर्थात् १८ महिनासम्म जारी रहने विभागले जनाएको छ । टिपीएसको अवधि सकेपछि भने सम्बन्धित सबै गैरकानुनी हैसियतमै फर्किनेछन् ।

 

१८ महिनाको लागी मात्र टिपिएस

 

कानुन व्यवसायी खगेन्द्र क्षेत्रीका अनुसार टिपिएस पाउने मुख्य प्रावधान कुनै पनि नेपाली वा नेपालमा बसेको गैरनेपाली यसै वर्षको जुनको २४ तारिख भित्रमा अमेरिका आइसकेको हुनुपर्छ । ति व्यक्तिहरुले जुनको २४ देखि डिसेम्बरको २१ सम्म टिपिएसको निवेदन दिन पाउने छ । उनीहरुले दिएको निवेदनको आधारमा सरकारले काम गर्नका लागी वर्कपरमिट र नेपालमा आफन्त भेटन जानका लागी ट्राभल डकुमेन्ट उपलब्ध गराउछ । तर यो टिपिएसको म्याद भने १८ महिनाको मात्र हुनेछ । १८ महिना पछि टिपिएसको म्याद सकेको लगतै यो काम लाग्दैन तर त्यतिखेर सरकारले कुनै योजना ल्याएको खण्डमा भने यसैबाट पनि ग्रिनकार्ड बनाउन मौका मिल्छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...