आफ्नो तलब हिसाब गर्न आयो सजिलो मोबाइल एप्


महिना भरि गरेको नियमित काम तथा अतिरिक्त काम (ओभर टाइम्) गरेको हिसाब गर्नको लागी मोबाइल एप आएको छ । आफुले गरेको नियमित काम र ओटि कामको घण्टा तथा प्रती घण्टा पाउने पैसाको दर भरिदिएपछी उक्त क्याल्कुलेटरले सजिलै हिसाब गरेर पाउने जम्मा तलब देखाइदिन्छ । यती मात्र नभएर रातो बिदामा गरेको काम , राती गरेको काम पनि भरेमा उक्त क्याल्कुलेटर ले सबै जोडेर देखाइदिन्छ ।

इ पि एस काम्दारको लागी बिशेस रुपमा तयार गरिएको भएपनी उक्त एप सबै किसिमको जागिर खाने मानिसलाई उपयुक्त हुने जनाइएको छ। Eps salary calculator टाइप गरेर प्ले स्टोर बाट उक्त एप डाउन्लोड गर्न सकिन्छ । यस एप्लिकेसनमा salary calculator को अतिरिक्त साधारण क्याल्कुलेटर पनि छ। आफ्नो दैनिकी लेखेर राख्नको लागी नोट बुकको पनि ब्यबस्था उक्त एपमा गरिएको छ ।बिहान सबेरै उठ्नको लागी आबस्यक आलराम्( Alarm clock) को पनि ब्यबस्था उक्त एपमा गरिएको छ । Bar code scanner ,Flash light ,Stop watch,Timer (बार कोड स्क्यानर , टर्च लाईट्, स्टप वाच्,टाइमर) समेत राखिएको उक्त एप बिसेस गरेर कोरियामा रहेका नेपालीहरुले मन पराउने बिस्वास एपको निर्माता पवन सिल्वालले बताए ।

उनले यस भन्दा पहिला बनाएको korean bhasa नामको मोबाइल एप १लाख भदा बढी डाउन्लोड भैसकेकोछ भने केहि माहिना अघी मात्र रिलिज गरिएको अर्को Topik Nepal नामको एपमा २५००० भन्दा बढी डाउन्लोड भैसकेको छ ।उनको मोबाइल एप् कोरियामा रहेका नेपाली हरुले धेरैनै मन पराएकोले यो एप पनि धेरैले रुचाउने बिस्वास उनले ब्यक्त गरेका छन । Eps salary calculator नामक यस एपमा आवस्यकता अनुसारले नया नया सुबिधा थप्दै जाने सिल्वालले बताए । यस एपलाइ तलको लिंकमा थिचेर डाउन्लोड गर्न सकिन्छ ,
https://play.google.com/store/apps/details?id=com.psilwal121.Salary2

उनले बनाएको कोरियन भासा सिक्ने एप तलको लिंकमा थिचेर डाउन्लोड गर्न सकिन्छ
https://play.google.com/store/apps/details?id=com.topikbook
https://play.google.com/store/apps/details?id=com.thunkable.android.psilwal121.korean_bhasa

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...