कोरियन गधा


गोकुल थोकर

स्कुलबाट बेलैमा घर नफर्किए आमा गाली गर्दै कथा सुनाउँथिन् । गधा भन्ने जनावर हुन्छ । भारी बोक्छ । अलि कम भारि भयो भने उपद्रो गर्छ । ठीकै भयो भने ठीकै व्यवहार गर्छ । भारि गहु्रङ्गो भयो भने एक नम्वरको सोझो र इमान्दार जनावर हुन्छ । भारि नै भएन भने त दिन भरि रोको रोकै गर्छ ।
‘तँपनि गधा हुने भइस । जिन्दगी भरि हामीले गधाको जिन्दगी जस्तै काम गरेर तँलाई मान्छे बनाउन पढाको । घरै आउँदैन समयमा । कता खेलेर बस्छ, बस्छ । यो खेल्ने समय हो र ? तैले पढ्नु पर्छ मान्छे बन्नु पर्छ । आमाका यस्ता कुरा म खासै बुझ्दैनथे । गधा देखेको पनि थिइन । आमाका कुरा, कुरै झै लाग्थे । जे होस स्कुल जाँदा घरको काम गर्नु पर्दैनथ्यो । त्यसैले म मान्छे भाको हुँला भन्ठान्थे । ‘
घर भरि काम हुन्थ्यो । म स्कुले परेँ । काम छुँदै नछुने । अनि समय अघि नै स्कुल टाप कस्थेँ । काम नगर्न छुट थियो । घरको काममा मन नलागे पछि स्कुल जानै पर्यो । नियमित स्कुल भए पछि कक्षामा राम्रै हुदै गयो । सधै पास । आमाले ठानी होलिन् अब मान्छे बन्छ यो काले । दामी मान्छे । हुँदा खाने परिवारको मान्छेका कथा उस्तै हुन् ।

मान्छे बन्नु भनेको पैसा हुनु हो । भैपरि आउँदा दानापानीका लागि कसैलाई गुहार्न नपर्नु हो । हुँदो हो त सहर बजार तिर एक तल्ले छाप्रो हुनु हो । गाउँ जाँदा दुई चार जनालाई सितनसँग कोदोको ‘जिर्मा’ किनि दिन सक्ने हुनु हो । सहरबाट डोको चढेर पुगेको अन्तराष्ट्रिय ब्राण्ड ‘काल्र्सबर्ग’ नै किनिदिए त झन ठूलै मान्छे भैगयो । यी सबै गर्नका लागि पनि पैसा चाहियो । पढेर मात्र पैसा आउने होइन । देशमै भएका बिकल्पहरुमा पनि काम गरियो । पुगेन । चित्त बुझेन । अनि बिकल्पहरुमा निबिकल्प परदेश लागियो ।

कोरियाका मीठा कथा अरुले झै मैले पनि सुनेको हुँ । सजिलै पुगिने त होइन तर आमाले मान्छे बन्नु भनेको कुरा मनमा खेले पछि उड्नका लागि चाहिने सबै गरियो । सोचे जस्तै भो । अहिले कोरियामै छु । काम गरि रहेको छु । मान्छे बन्ने प्रयास गरि रहेको छु । तर मान्छे बन्नका लागि काम गर्यो झन झन आमाको कथाको गधा बन्ने ‘प्रोसेस’मा गए झै लाग्छ । आमाको कथाको गधा मै हुँ झै लाग्छ । आमाले मेरै लागि त कथा भनिकी थिइनन् ?
एक जमनाथ्यो कोरियामा काम गरेरै नसक्ने । स्वास एक चिटो फेर्न पनि नपाईने कामका काम । कम्पनीको कम्पाउन्डको आकाश नै कोरियाको सिँगो आकाश झै थियो । घुम्नु, रमाइलो गर्नु, नयाँ ठाउँ हेर्नु, नयाँ कुरा बुझ्नु सबै कथाका कुरा थिए । बिहान उठे देखि काम सुरु गरेर मध्य रात हुनै लाग्दा समेत कामै हुन्थ्यो । जिन्दगी देखेर आफै उदेक लाग्थ्यो । एक दिन काम गर्दिन भन्न पाइदैनथ्यो । बस् संसार भनेकै त्यही कम्पनी त थियो कोरियन कम्पनी ।

साजाङनीम, सिजाङनीम, फुजाङनीम अरु जे जति पनि कम्पनीका कोरियन ‘नीम’हरु थिए । लातले बजाउँ झै लाग्थ्यो । क्या मान्छे भएर यसो बाहिर तिर घुम्न पनि जान नपाइने ? यो कलिलै जवानी खेरै गयो जस्तो लाग्थ्यो । कहिले काही ‘मैच्याङ’सँग कुरा गर्ने फुर्सत पनि थिएन । जिन्दगी बोर थियो । नेपाल तिरका साथीले फेसबुकमा म्यासेज पठाउँथे के हो फोटो त नयाँ राख न । आफूलाई फुर्सत भए पो ।

एक दिन गाङनाम तिर जाउँला । अग्ला र राम्रा घरको अघि आइफोनले चिटिक्क परेको फोटो खिचेर फेसबुकमा अपलोड गराउँला भन्ने मनमा लागेको लागेकै हुन्थ्यो । जान पाए पो । कम्पनी ‘फाप्प’ । मनका कुरा मनैमा हुन्थे । काम गर्दा गर्दै मन कता कता घुमेर फर्कन्थ्यो । मान्छे हात पाउ हिजो जसरी चल्थ्यो आज पनि उस्तै हुन्थ्यो ।

अहिले बर्ष फेरियो । कोरियामा भएका श्रमिकका तलब फेरिए । अनि कम्पनीका काम गराउने तरिका फेरिए । ज्याहै, छुट्टि हुँदा के के गरौला भनेर हिसाब किताब गरि बसेको म हेर्दा हेर्दै फुर्सदको फुर्सद हुनेमा दरिएँ । दुई चार दिन घुमियो । साथीभाइले जता डाक्यो । उतै दौडियो । भाषण सभा समारोहमा तालि बजाउने नियमित दर्शक पनि भइयो । दुई चार अग्ला घर अघि फोटो खिचेर हालियो पनि । कमेन्ट पनि राम्रै थिए । कोही जले होलान कोरियन लाउरेको जिन्दगी देखेर पनि । खाँटी कुरा तलब आउने दिन मन खिन्न हुने रहेछ । छ्या कमाउन आएको मान्छे भने जस्तो तलब आएन । झन बढेको तलब ?

गधा हुने प्रोसेसमा त हो नी होइन, यस्तो भए पछि ?

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...