मर्सको परीक्षण १५ मिनेटमै
फोनिज कोरिया संवाददाता
काठमाडौं-चीनले मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) सङ्क्रमितहरुको परीक्षण १५ मिनेटमै गर्न सकिने प्रविधिको विकास गरेको छ ।
शुक्रबार कोरियाली स्वास्थ्य अधिकारीहरुले मर्स सङ्क्रमणको प्रभाव घट्दो रहेको पाइएको बताइरहेका बेला यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले सो प्रविधिको विकास भएको बताएका छन् । हङकङ् र सियामेन विश्वविद्यालयका अनुसन्धानदाताहरुले यो तथ्य पत्ता लगाएका हुन् ।
उनीहरुले गतवर्षदेखि नै यसको अनुसन्धान थालेका हुन् । यो प्रविधि सहज र पहूँच योग्य रहेको पनि उनीहरुको भनाई छ । अनुसन्धानदाताहरुका अनुसार यसले एक पटकमा धेरै जना बिरामीको पनि परीक्षण गर्न मिल्नेछ । यो सजिलो र पहूँच योग्य भएकोले एक दिनमा एकजना चिकित्सक एवम् ल्याबका प्राविधिकले कम्तीमा पनि एक हजार जनाको परीक्षण गर्न सक्ने बताइएको छ ।