Advertisement
SKIP THIS

प्रवासी नेपाली मंच दक्षिण कोरियाको सउल र फ्यान्थेक छनान क्षेत्रिय कमिटीको अधिवेशन सम्पन्न


प्रवासी नेपाली मंच दक्षिण कोरियाले पछिल्लो समयमा संगठन बिस्तारलाई तिब्रता दिइरहेको छ । यसै सिलसिलामा आज जनवरी ४ आइतबारको दिन मञ्चले एकै पटक सउल क्षेत्रिय कमिटीको पाचौ अधिवेशन र फ्यान्थेक छनान क्षेत्रिय कमिटीको पहिलो अधिवेशन गरी दुइ वटा क्षेत्रको अधिवेशन एकै दिन सम्पन्न गरेको छ ।

सउल क्षेत्रिय कमिटीको पाँचौ क्षेत्रिय अधिवेशनले टिकाराम पन्थिको नेत्रित्वमा एघार सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षहरुमा माधब अर्याल र दिल जलारी पासा रहेका छन् । त्यस्तै सचिवमा दिलिप दाहाल, सह सचिवमा मदन थामी, कोषाध्यक्षमा अर्जुन निरौलालाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा रामेश्वर थापा, सुजित घिसीङ, राजेन्द्र खत्री, गुन सारु मगर र राजेन्द्र सिग्देल चयन भएका छन् ।

अधिवेशनको उद्घाटन मञ्चका केन्द्रीय उपा–अध्यक्ष तथा प्रमुख अतिथी टेक पुनले गर्नु भएको थियो। अधिवेशनमा बिषेश अतिथि मञ्चका केन्द्रीय सल्लाकार ध्यान राई, सचिव हरी शंकर भण्डारी तथा अन्य केन्द्रिय अथितीहरुको उपस्थिती रहेको थियो ।

त्यसै गरी आजै सम्पन्न भएको फ्यान्थेक छनान क्षेत्रिय कमिटीको पहिलो अधिवेशनले शान्ति कला राईको नेत्रित्वमा नौ सदस्य कमिटी चयन गरेको छ ।
जसको उपाध्यक्षहरुमा मिन कार्की र कोविन राई, सचिवमा कृष्ण कुमार राई, कोषाध्यक्षमा नारायण भट्टराईलाइ चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा दिनेश कार्की, प्रदिप पंगेनी, भुपेन्द्र मल्ल र मिलन रानाभाटलाइ चयन गर्यौ ।

अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथी परशुराम सापकोटाले प्रवासमा रहेका युवाहरुको नेपाली राजनितीप्रतीको चिन्ता रहनु स्वभाविक रहेको भन्दै थप सक्रीय भएर लाग्न आग्रह गर्नु भएको थियो । अधिवेशनमा प्रवासी नेपाली मंच दक्षिण कोरियाकी केन्द्रिय सल्लाकार सिर्जना नेपाली,केन्द्रिय सदस्य मदन भुजेल,राजु थापा लगायत अन्य अथितीहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...