कोरियामा मर्सको उग्रता साम्य नहुदै थाईल्याण्डमा पनि सङ्क्रमित भेटिए
निश्चल काउचा
सोल – थाइल्याण्डमा पनि मिडिल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) नामक भाइरसका सङ्क्रमित भेटिएका छन् । थाइल्याण्डका स्वास्थ्य मन्त्रि रजत राजतानविनले बिहीबार सोसम्बन्धी समाचारको पुष्टि गरेका छन् । एक ७५ बर्षीय ब्यबसायीमा मर्सको जीवाणु भेटिएको जनाईएको छ | उनि खाडी मुलुक ओमनको भ्रमण पछि स्वदेश फर्केका थिए | थाइल्याण्डमा मर्सको सङ्क्रमित पहिलो पटक भेटिएको समाचारमा जनाइएको छ ।
यता दक्षिण कोरियामा अहिलेसम्म मर्सको संक्रमणवाट २३ को मृत्यु भईसकेको छ भने १ सय ६५ जना संक्रमित बिरामी छन् |