Advertisement
SKIP THIS

एनआरएन कोरियाको सदस्यमा अंशुबर्मा लिम्बूको उमेदबारी घोषणा


 आगामी सेप्टेम्बर महिनाको 9 र 10 मा हुन गईरहेकोले एनआरएन कोरियाको छैटौँ अधिबेशनमा अंशुबर्मा लिम्बूले सदस्य पदमा उमेदबारी घोषणा गरेका छन्। बुसान, गजे किम्हे ग्यङ्नाम क्षेत्रको प्रतिनिधित्व गर्दै उनले आफ्नो उमेदबारी घोषणा गरेका हुन।
NRNA गैरसरकारी संस्था भएकोले यसको आफ्नै मुल्य मान्यता रहेको भन्दै संबैधानिक परिभाषासंग तुलना गर्न नहुने उनले बताए । NRNA नेपालको संबैधानिक व्यवस्था अनुसार गठन नभएको प्रवासी नेपालीहरुले आवश्यकता महसुस गरेर गठन भएको जिकिर गरे । आफू नेपालको संबैधानिक परिभाषा अनुसार गैर आवासीय नेपाली नभएको तर NRNA को परिभाषा अनुसार आफू योग्य भएको भन्दै सामाजिक संजालमा आएको भ्रमको खण्डन गर्दै भने ” गैर आवासीय नेपाली संघ प्रवास मा आफै गैरसरकारी संस्था हो ,केही मित्रहरू नेपाली राजदुतावासको तथ्यांक प्रस्तुत गरेर चर्को तर्क गर्नु हुन्छ।
यसैगरी उनले आउने महाधिवेशनमा निर्वाचन भन्दा पनि क्षेत्रीय सहभागितालाई स्विकार्दै समावेशी कमिटी चयन गर्दा कार्यसमिति बलियो हुने विचार व्यक्त गरे ।यदि निर्वाचन भइ हालेमा आफूहरु संग निर्णायक मत रहेको भन्दै जसले क्षेत्रीय मागलाई सम्बोधन गर्छ उसैको पक्षमा मतदान गर्ने बताए। NRNA ले संसार भरी छरिएर रहेका नेपालीहरुको भावनाको प्रतिनिधित्व गर्ने हुनाले यो संस्थालाई राजनीतिक विरासत थाम्ने ,र मर्यादा प्रदर्शन गर्ने माध्यम बनाउन नहुने बताउदै उनले भने” सबैले निहित स्वार्थ भन्दा माथी उठेर यो संस्थालाई लोककल्याणकारी संस्थाको रूपमा स्थापित गरिनु पर्छ।”
उनले एन आर एन कोरियालाई मजदुर मैत्री र लोक कल्याणकारी संस्था बनाउने,सस्तो लोकप्रियता र प्रचारमुखी समाज सेवाबाट माथि उठेर ब्याबहारिक र परिणाम मुखि सेवा गर्ने बताउदै उनले भने “समाज सेवा चर्चाका लागि हुनु हुदैन ब्याबहारिक रूपमा उदेश्य प्राप्तिमा केन्द्रित हुनुपर्छ , यसका साथै कुनै पार्टीगत र जातीगत संगठनको प्रतिनिधि नभई क्षेत्रिय अपनत्वको बिषयमा जोडदार आवाज उठाउने बाताउदै सबैलाई संकीर्ण मानसिकता त्याग्न आग्रह गर्दै भने “हिजोआज सानोतिनो कुरा हरु पनि जातीयता र राष्ट्रियता संग जोडिन्छ । यस्ता मानसिकताले हामिमा आत्मीय सद्भाव खलबलिन्छ जुनसुकै क्षेत्र को जुनसुकै जात को भए पनि उ नेपाली हो भन्ने सबैले मनन गर्नुपर्छ ,र कोरिया को सन्दर्भमा NRNA कोरिया ले क्षेत्रीय अपनत्वलाई स्वीकार गर्नुपर्छ विभिन्न क्षेत्र बाट योगदान पुर्‍याएकाहरु समितिमा समेटिनु पर्छ”!
धेरै सामाजिक संघ संस्थामा आवद्ध अंशुबर्मा लिम्बू कोरियाको लोकप्रिय सामाजिक संस्था “डेउ नेपाली एकता समाज” का अध्यक्ष समेत हुन। उनी नेतृत्वको संस्थाले कोरियामा विभिन्न सामाजिक कार्य हरु गर्दै नेपालमा समेत प्रसंसनिय कार्यहरु गरिसकेको छ। उनी एक निष्ठावान सामाजिक अभियानता का रुपमा चिनिन्छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...