Advertisement
SKIP THIS

एनआरएन कोरियाको सहकोषाध्यक्षमा थापा सारु र गुल्मेली बाबुको उमेद्वारी


 

गैह्र आबासिय नेपाली संघ एनआरएन कोरियाको अधिबेशन जति नजिकिन्छ त्यति नै नया उमेद्वारी दिनेको संख्या बढदै छ । एनआरएन कोरिया अध्यक्ष पदको लागि मात्र अहिलेसम्म ६जना उमेददार भइसकेका छन् । त्यस्तै हरेक पदमा उमेद्वारीको घोषण हुने क्रम जारी छ । यसैबिच सहकोषाध्यक्षको पदका लागि दुई जनाले उमेद्वारीको घोषणा गरेका छन् । आगामि सेप्टेम्बर ९ र  १० तारिख कोरियाको राजधानी सोलमा हुन लागेको एनआरएन  कोरियाको कोरियाको छैठौँ अधिबेसनका लागि सहकोषाध्यक्षमा कृष गुल्मेली बाबु र जीत बहादुर थापा सारु चुनावी मैदानमा उत्रेका छन् ।

ई पि एस मार्फत ४ बर्ष अघि कोरिया आएका सारु नेपाल मगर संघ कोरियाको पनि सह कोषाध्यक्षमा कार्यरत छन् । एनआरएनए कोरियालाई मजदुर मैत्री बनाई मजदुरको हक हितका लागि आफुले उमेदवारी दिएको सारुले बताएका छन् ।

त्यस्तै पछिल्लो समय कोरियामा नेपालीहरुका बीच राम्रो छवी बनाएका गुल्मेली बाबु अन्तरराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष, गुल्मि सम्पर्क समिती दक्षिण कोरियाका उपाध्यक्ष रहेका छन् । सन् २०१० मा कोरिया प्रवेश गरे लगत्तै बिभिन्न संघ संघ संस्थामा अबद्व भइ सामाजिक सेवामा लागेका गुल्मेलीले संस्थागत रुपमा सिकेको अनुभबलाई एनआरएन कोरियामा प्रयोग गरि संस्थालाई मजदुर मैत्री तर्फ डोर्याउन आफुले महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।

सक्षम,कर्मठ र ईमानदारीतालाई रोजौं, एनआरएनको उच्च प्रगतिको लागी हाम्रालाई होईन राम्रालाई रोजौं भन्दै मजदूर मैत्री अहिलेको अपरिहार्यता भन्ने नाराका साथ उमेदवारी घोषणा गरेका उनी गीतकार, मोडल एवं संगीतकार पनि हुन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...