कोरियाको गजेदोमा रमाइलो साझ
दिनेश पाठक,
गजेदो
डेउ नेपाली एकता समाज दक्षिण कोरियाले एक “रमाईलो साँझ कार्यक्रम ” सम्पन्न गरेको छ। सनिबार साँझ लुम्बिनि रेष्टुरेन्ट नाड़मुनमा भएको कार्यक्रममा झण्डै सय जना दर्शक, स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै करिब दुई दर्जनभन्दा बढि स्रष्टा तथा कलाकारहरुले आफ्नो प्रस्तुति दिनुभएको थियो। साहित्यतर्फ सुशील राज रेग्मी, सेसे लिम्बू , दिपेन पौडेल, दिनेश पाठक, मेरिड़ लिम्बू, टिकाराम उपाध्याय चन्द्रप्रकाश तिमिल्सिना लगायतले गजल, कविता, मुक्तक बाचन गर्नुभएको थियो ।
संगिततर्फ सुर्य कार्की, बिजय लिम्बू, अम्मर बिस्वकर्मा, सन्जिब बराल किरण सारु, सुबास गुरुड़, हेमन श्रेष्ठ, चन्द्र सम्बाहाङ्फे लगायतले जोडदार प्रश्तुती दिएका थिए । साथै सन्जिब बराल, शुर्य कार्की र महेश बुडाथोकीले फरक फरक नेताहरुको क्यारीकेचर गरी माहोललाई थप रोमाञ्चक बनाएका थिए।
समाजका सचिव चन्द्र सम्बाहाङ्फेद्धारा सञ्चालीत कार्यक्रममा समाज का अध्यक्ष अंशुबर्मा लिम्बूले डिएसएमई कम्पनी लगायत गजे वरिपरी रहेका नेपालीहरुमा लुकेका प्रतिभाहरुलाई उजागर गर्न यस्ता कार्यक्रमले सहयोग पुराएको बताए ।