मर्सको संक्रमण बढेपछि चीनमा सतर्कता
फोनिज कोरिया संवाददाता
काठमाडौं-दक्षिण कोरियामा केही हप्ता यतादेखि देखापरिरहेको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) को सङ्क्रमणमा कमी आउन नसकेपछि यसको असर पर्नसक्ने भन्दै चीनले पनि सतर्कता अपनाएको समाचार छ ।
चीनको हवाई उड्डयन प्राधिकरणले सबै एयरलाइन्सहरुलाई उडानका क्रममा यस सङ्क्रमण भित्रिन नदिन सतर्कता अपनाउन दिर्नेशन दिएको छ ।
एसियाका अन्य देशहरुका साथै दक्षिण कोरियाका छिमेकी देशहरुमा पनि यसप्रति सतर्कता अपनाउन थालिएको थियो । चीनले पनि शुक्रबारदेखि यस विषयमा सतर्कता अपनाउन थालेको समाचारमा जनाइएको छ ।
अधिकारीहरुले कोरियामा यसको सङ्क्रमण बढ्दो मात्रामा रहेको बताएका छन् । त्यसैले अन्य छिमेकी देशमा पनि यसप्रति सतर्कता अपनाउन थालिएको हो ।
यसको सङ््क्रमित भई दक्षिण कोरियामा आजसम्ममा कम्तीमा दश जनाको ज्यान गइसकेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बिहीबार थप एकजना गर्भवती महिलामा यसको सङ्क्रमण भेटिएको अधिकारीहरुले जनाएका छन् ।
चीनको हवाई प्राधिकरणले चीन र दक्षिण कोरियामा उडान गरिरहेका हवाई कम्पनीहरुले दक्षिण कोरियामा ठूलो सङ्क्रमणका रुपमा रहेको यस रोग भित्रिन नदिन सतर्कता अपनाउन र यसका कारण चीनमा समस्या नहुने गरी कामगर्न सो प्राधिकरणले निर्देशन दिएको छ ।
यसका सङ्क्रमित यात्रुको आशङ्का लागेमा स्वास्थ्य केन्द्रसम्म लैजानका लागि हवाई कर्मचारीहरुले नै पहल गर्न र दक्षिण कोरियाबाट आउने यात्रुमा विशेष निगरानी गर्न दिर्नेशन दिएको बताइएको छ ।
दक्षिण कोरियाबाट प्राप्त एक समाचारअनुसार यस सङ्क्रमणबाट हालसम्म कम्तीमा करिब १४० जना सङ्क्रमित भएका छन् । तर सङ्क्रमण दर प्रतिदिन बढ्दो मात्रामा रहेको छ ।
यसैबीच प्राप्त अर्का एक समाचारअनुसार हङ्कङ्मा पनि यस सङ्क्रमणको प्रभावका बारेमा सतर्कता अपनाइएको छ । तर त्यहाँ भने अहिलेसम्म कुनै सङ्क्रमित नभेटिएको पाइएको अधिकारीहरुले जनाएका छन् ।
उता सिंगापुरले पनि यस सङ्क्रमणबाट बच्न विभिन्न हिसाबले सतर्कता अपनाएको जनाइएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँ यसको सङ्क्रमण एक जनामा भेटिएको थियो ।
दक्षिण कोरियाको निकट देश हङ्कङ्मा पनि यसको सङ्क्रमण फैलिएको समाचार आएपछि त्यसको परीक्षण भएको र त्यहाँ यसको प्रभाव नभेटिएको समाचार आएलगत्तै सिंगापुरले पनि यसप्रति सतर्कता अपनाएको जनाएको हो ।
गत मे महिनाको २९ मा चीनको पनि ग्वाङ्दो प्रान्तका एकजनामा यसको सङ्क्रमण पाइएको थियो । तर पछि त्यहाँ नियन्त्रणमा आएको अधिकारीहरुले जनाएका छन् ।