Advertisement
SKIP THIS

मर्सको संक्रमण बढेपछि चीनमा सतर्कता


फोनिज कोरिया संवाददाता

काठमाडौं-दक्षिण कोरियामा केही हप्ता यतादेखि देखापरिरहेको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) को सङ्क्रमणमा कमी आउन नसकेपछि यसको असर पर्नसक्ने भन्दै चीनले पनि सतर्कता अपनाएको समाचार छ ।

 

 

चीनको हवाई उड्डयन प्राधिकरणले सबै एयरलाइन्सहरुलाई उडानका क्रममा यस सङ्क्रमण भित्रिन नदिन सतर्कता अपनाउन दिर्नेशन दिएको छ ।

 

 

एसियाका अन्य देशहरुका साथै दक्षिण कोरियाका छिमेकी देशहरुमा पनि यसप्रति सतर्कता अपनाउन थालिएको थियो । चीनले पनि शुक्रबारदेखि यस विषयमा सतर्कता अपनाउन थालेको समाचारमा जनाइएको छ ।

 

 

अधिकारीहरुले कोरियामा यसको सङ्क्रमण बढ्दो मात्रामा रहेको बताएका छन् । त्यसैले अन्य छिमेकी देशमा पनि यसप्रति सतर्कता अपनाउन थालिएको हो ।

 

 

यसको सङ््क्रमित भई दक्षिण कोरियामा आजसम्ममा कम्तीमा दश जनाको ज्यान गइसकेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बिहीबार थप एकजना गर्भवती महिलामा यसको सङ्क्रमण भेटिएको अधिकारीहरुले जनाएका छन् ।

 

 

चीनको हवाई प्राधिकरणले चीन र दक्षिण कोरियामा उडान गरिरहेका हवाई कम्पनीहरुले दक्षिण कोरियामा ठूलो सङ्क्रमणका रुपमा रहेको यस रोग भित्रिन नदिन सतर्कता अपनाउन र यसका कारण चीनमा समस्या नहुने गरी कामगर्न सो प्राधिकरणले निर्देशन दिएको छ ।

 

 

यसका सङ्क्रमित यात्रुको आशङ्का लागेमा स्वास्थ्य केन्द्रसम्म लैजानका लागि हवाई कर्मचारीहरुले नै पहल गर्न र दक्षिण कोरियाबाट आउने यात्रुमा विशेष निगरानी गर्न दिर्नेशन दिएको बताइएको छ ।

 

 

दक्षिण कोरियाबाट प्राप्त एक समाचारअनुसार यस सङ्क्रमणबाट हालसम्म कम्तीमा करिब १४० जना सङ्क्रमित भएका छन् । तर सङ्क्रमण दर प्रतिदिन बढ्दो मात्रामा रहेको छ ।

 

यसैबीच प्राप्त अर्का एक समाचारअनुसार हङ्कङ्मा पनि यस सङ्क्रमणको प्रभावका बारेमा सतर्कता अपनाइएको छ । तर त्यहाँ भने अहिलेसम्म कुनै सङ्क्रमित नभेटिएको पाइएको अधिकारीहरुले जनाएका छन् ।

 

 

उता सिंगापुरले पनि यस सङ्क्रमणबाट बच्न विभिन्न हिसाबले सतर्कता अपनाएको जनाइएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँ यसको सङ्क्रमण एक जनामा भेटिएको थियो ।

 

 

दक्षिण कोरियाको निकट देश हङ्कङ्मा पनि यसको सङ्क्रमण फैलिएको समाचार आएपछि त्यसको परीक्षण भएको र त्यहाँ यसको प्रभाव नभेटिएको समाचार आएलगत्तै सिंगापुरले पनि यसप्रति सतर्कता अपनाएको जनाएको हो ।

 

 

गत मे महिनाको २९ मा चीनको पनि ग्वाङ्दो प्रान्तका एकजनामा यसको सङ्क्रमण पाइएको थियो । तर पछि त्यहाँ नियन्त्रणमा आएको अधिकारीहरुले जनाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...