मर्सको उग्रता कायमै , अर्थतन्त्रमा समेत नकारात्मक असर
निश्चल काउचा
सोल – केही हप्ता अघि देखि महामारिको रुपमा फैलिरहेको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम ( मर्स) को सङ्क्रमणवाट अहिलेसम्म ९ जनाको मृत्यु भैसकेको छ | बिहिबार मात्र थप १४ जना नयाँ सङ्क्रमित भेटिएका छन् | यो संख्यासंगै सङ्क्रमितको संख्या १२२ पुगेको छ ।
राष्ट्रपति पार्क गुन ह्ये सरकारले महामारी रोक्न सबै उपाय उपनाएको जनाए पनि कमि आउन सकेको छैन | महामारी नरोकिदा अर्थतन्त्रमा समेत नकारात्मक असर देखिन लागेको अधिकारीहरुले जनाएका छन् |
मर्सकै कारण केन्द्रीय बैंकले ब्याजदरमा कटौती गरेको जनाइएको छ । त्रासका कारण आर्थिक क्रियाकलापमा पनि कमी आएकोले ब्याजदरमा कटौती गर्नुपरेको बैकले नजाएको छ ।
बुधबार मात्र राष्ट्रपतिले गुन ह्येले अमेरिकको भ्रमण स्थगित गरेकी थिइन् ।