मैले केही केही भुलेको छैन


नरेन्द्र गुरुङ (अरेन्द्र)
निकै लामो समय देखी म जिजिबिसाको लागि बिरानो प्रवासमा बस्दै आएको छु । यो सहरको भिडमा जति सुकै मान्छे देखे पनि जति सुकैसंग हाँस्दै हात मिलाए पनि म संधै एउटा तितो यथार्थमा दु:खी भएर हिड्ने गर्छु । जब भिड्भाडबाट अलि पर पुग्छु, एक्लोपनले असाध्यै सताउँछ । उदास उदास हुँदै पुराना ती स्मृतिहरुलाई एक पछि अर्को गर्दै केलाउदै टोलाउने गर्छु । तर पनि कसरी कसरी यति लामो समय पार गरि सकेछु ।

समय जति सुकै पार भएता पनि आफु जन्मेको हुर्केको जन्मथलोको माया, त्यहाँ मैले बिताएको अनुकुल समयहरु स्मृतिका पुरानो  पाना-पाना भेटि रहन्छ । गाउँको ढिक मुनि हरियो घना जंगल, खेतहरु तलतिर आफ्नै गतिमा बगेका सिस्ने र ठोट्ने खोला अनि ति खोलाको दहमा स्कूल बिदाको दिन पौडी खेलेको र साथिहरु संग गाई र बाख्रा चराउदै गर्दाको क्षणहरु असाध्यै प्रिय बनेर मेरा आँखाका वरिपरी घुमी रहन्छ । बिरानो प्रवासमा आफुले जस्तो अवस्था झेल्नु परे पनि जतिसुकै समयलाई पार गरे पनि मातृभुमिको माया एक चिम्टी पनि घट्दैन रहेछ । अझ भनौ बालपनका ति मिठा स्मृतिलाई कहाँ खोजौं कहाँ खोजौ खोजौ लाग्दो रहेछ ।

प्रवासीको हाल त कसरी व्यख्या गरौं? पहिले उच्च घरानाका मानिसहरु मात्र औलामा गन्न सक्ने विदेश गएको देख्न र सुन्न पाइन्थ्यो हाल प्रजातन्त्र आइसके पछि सबैलाई विदेश जाने भूत सवार भएको छ । आदिम कालमा खानको लागि कहाँ भौतरिन्थे भने अहिले कमाउनको लागि परिवार संग बिछोदिन्दै परदेशिएको छ ।

पन्च्यातकालसम्म विदेश मोह त्यति थिएन लाहुरेहरु र पढ्न बाहेक सबैले राम्ररी खाइ रहेका थिए  । कति रमाइलो थियो त्यो समय सबैले मिलेर खेति पाती लगाउने उठाउने ,घास,दाउरा, मेलोपात,हाट बजार र मेला भर्दाको चेली माइती मिलेर पर्मा लगाएर रोधी बसेको दुखःनै भए पनि एक प्रकारको रमाइलो वातावारण थियो । अहिले त विदेश जाने होडबाजी नै चलेको छ  । पल्लो घरको विदेश गयो केहि कमाएको देखेर खेत बारी बेचेर भएनी दलाल लाई खुवाएर भए पनि विदेशिनेको लहर चलेको छ  । हुदा हुदा त गाउ घर नै  शून्य पारेर खेत बारी पनि बाझै राखेर विदेशिएको छ  । कोहि कमाउन सफल भएको छ भने कोहि दुखः पाएका छन त् कोहि बाकसमा प्याक भएर फर्केका छन्  । विदेशिने प्रथाले कति परिवारलाई राम्रै भए पनि कतिको त घर न घाट भएको छ  । भएको सबै साहुले र बैंकले हडपी सकेको छ  । परिवार गाउको दुखः बिर्सेर सहरको एस आराममा पल्केको छ । गाउमा खेति पाति गर्न छाडेर विदेशबाट पठाएको पैसाले चामल किनी खाने भएको छ  । खेति गरि खाने उप्जाउ जमिन भू माफियाहरुले प्लटिंग गरेर पुरै हामिलाइनै बेच्न जाल बिछ्याई रहेको छ  । गाउ घर पुरै सुन्य बच्चाहरु र बुढा बुढी बाहेक कोहि छैन  ।

अहिले स्थनीय चुनावले शहर पासेका नेताहरु गाउँ बनाउछु भनेर सपना बाढ्न तस्करी गरेको धन बाढ्न गाउँ पसेका छन हेरे हिजो एक कप  थररा खान नसक्नेले बोटलका बोटल रक्सि किनिदिने आएका छ्न हेरे चुनाव आइ रहनुपर्ने रहेछ सबै फ्री खुवाउने आउने रहेछन् । आजकल त गाइ बस्तु पाल्न छाडेको छ घास दाउरा गर्न छाडेको छ  ।  ग्यासमा खाना बनाउने केहि मात्रामा खेति गर्ने हरु पनि युरिया मलको भरमा गर्दा माटो बिग्रिएर मरुभूमि सरह बन्न थालेको छ पहिलेपो घास सोत्तर गरेर गाई बस्तुको मोलले अर्गानिक खेति गरेर त्यो खाएर धेरै बर्ष बाचिन्थ्यो अहिले हरेक कुरामा रासायनिक पदार्थ मिसेको खाएर जो कोहीलाई पनि अनेक रोग लागेको मात्र सुन्न र देख्न पाइन्छ  । हामी बिदेशमा मरी मरी ज्यान जोखिम पारेर कमाएको सम्पति महत्वहिन बनेको छ देशमा भने यहि काम गरेर भारतीयहरुले मजाले कमाई रहेको छ  ।

हाम्रो पसिनाको कमाईबाट आएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ  । अनि फेरि यहि दुखः गर्ने चाही संविधानको धारा २९१ ले दोस्रो दर्जाको नागरिक बनाएको छ  । देशमा उचित रोजगारी दिन सक्दैन न बिदेसिएर पनि के नै गर्न सक्छ र बाध्यता अनि परिबन्दले विदेसिनेहरुको आफ्नै कथा व्यथा छ भने कोहि रहरले बिदेसिनेको पनि आफ्नै ब्यथाहरु छन  ।  बिदेश लाली पाउडर धसियेर चटक्क देखिएकी स्त्री जस्तै चटक्क बनाएको मनमोहकमा मोहनी लगाए जस्तै फसिने पनि नभएका होइनन एकाध छन् यहाँ कति दुखः छ कति कस्ट छ कसलाई रहर छ र दोस्रो दर्जाको नागरिक भएर बाच्न, बिवस छन्  ।

प्रवासिए पनि आफ्नो देश प्रतिको अगाध मायाका कारण त हरपल आफ्नो गाउ,समाज देशको हरेक पिडामा सरिक भइ रहेका छन् । प्रवासमै भए पनि आफ्नो गाउ,समाज,जाति,धर्म र सस्कृतिको जेगेर्ना गर्न सन्ध सगठन खोलेर यहाको पिडाहरुमा मात्र नभई देशको पिडामा दिल खोलेर सहयोग गरिनै रहेका छन्, चाहे विनासकारी भुकम्प नै किन नहोस बाढी र पहिरो आगलागी,असाहय र बिमारी मात्र होइन देश बिकासको लागि हरेक क्षेत्रमा लगानी सहयोग निरन्तर जुटाई नै रहेका छन्  । आधुनिक युगको यो परिपेक्ष्यमा इन्टरनेटको प्रयोग सामाजिक संजालको सुविधाले गाउको समाजको र देशको हरेक सानो सानो कुराहरु लाइ दिनहु जानकारी लिनै रहेका छौ  । हामी चाहे दुखः नै किन गर्न नपरोस विदेश सोचे जस्तो सजिलो छैन  । परिवार संग बिछोड भएर बस्नुको पिडा त् छन्दै छ त्यहि माथि दिनहु साथीहरुको मृत्युको खबरले उत्तिकै पिढा झेल्नु परिरहेकै छ  ।

एक युग एक दिन एक पल्ट अवस्य अाउछ, भन्दिन म, मेरो लागि हरेक दिन हरु तेतिक्कै महत्वपुर्ण छन् । केहीगरौं !! हो म केही गर्नको निम्ति मेरो जन्म भुमी मेरो बासस्थान अवस्य आउनेछु  सध्य यो कस्ट्मेटिक शहरले बचाइ राखेछ भने । गाउले र साथीहरु भन्छन फल्ना विदेश गएर सबै बिर्सियो  ।  मैले केहि बिर्सेको छैन  ।  गाउमा बिताएका ति पलहरु सबै ताजा नै छ । बच्चामा खेलेको स्कुलबाट भागेर पौडी खेलेको मात्र नभएर घास दाउरा, मेलापात गरेको गाउकी चेलीहरु संग पर्मा लगाएर कोदो,धान रोपेको र काटेको , दाउरा टिपन ४ बजे राती नै खाना खाएर मकै भट्टमास बोकेर उज्यालो हुदा जंगल पुगेको घास र सोत्तर काट्दा होस् या पधेरोमा पानी भर्दा हामी खेल्दै मजाक गर्दै हस्यांग फस्याङ्ग गर्दै स्कुल जान ढिलो हुदा हेडसरले भाले बनाएको ,गाउको सोल्टिनीहरु संग जिस्किंदै राती उनिहरुले भेडाको उन काट्ने ठाउमा गएर डल्ला बनाउन अनि मेला र रोधी हरुमा गित गाउदै नाचेको अनि घर बाट देखिने सेतै दातका लहर जस्तै सधै हासिरहने मलाई ताजा र स्फुर्ति दिने हिमाल केहि केहि भुलेको छैन भन्ने नै हो भने लुकेर उनको घर जांदा बढे मानको भोटे कुकुरले भुकेर तर्साएको त्यो समेत भुलेको छैन l मईले केहि केहि भुलेको छैन । मैले मलाइ पनि भुलेको छैन ।

हाल हङकङ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...