MERS बाट २ को मृत्यु, MERS महामारीको रुपमा फैलिंदै
ऐश्वर्य श्रेष्ठ
सोल-दक्षिण कोरियामा MERS (मध्य पुर्वी श्वासप्रश्वास ) नामक रोगबाट २ जनाको मृत्य भएको छ । यो रोगबाट संक्रमित २५ मध्ये मंगलबार २ जनाको मृत्यु भएको हो ।
दुई हप्ताअघिबाट एमईआरएस भाइरस दक्षिण कोरियामा फैंलिएको हो । एक ५८ बर्षीय महिलाको यो रोगबाट मृत्यु भएको हो । कोरियाको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ती महिलालाई मे महिनामा एमईआरएस भाइरस संक्रमित भएको पहिलो व्यक्तिको रुपमा पुष्टि गरेको थियो ।सो भाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कबाट अर्का एक ७१ बर्षीय वृद्धको पनि मृत्यु भएको छ ।दुवैं जनाको परिचय भने खुलाइएको छैंन् ।
त्यसैंगरी मन्त्रालयले थप ६ जनामा सो रोगबाट संक्रमित भएको पुष्टि गरेको छ । हालसम्ममा २५ जनामा एमईआरएस भएको पाइएको छ । पहिलो चोटी कोरियामा मे २० तारिखमा यो रोग देखा परेको थियो । कोरिया सरकारले तत्काल बैंठक बसी प्राणघातक यो रोगबाट जनतालाई बचाउन संबन्धित मन्त्रालयलाई तत्काल नियन्त्रणको पहल गर्न भनेको छ ।आजबाटै सरकारले सम्पुर्ण मेडिकल शक्तिको खर्च गरेर जनतामा छाएको भयलाई नियन्त्रण गर्ने प्रविद्धता सरकारले लिएको छ ।
त्यसैंगरी सरकारले न्युमोनिया भएका बिरामी र अन्य श्वासप्रश्वास संबन्धी रोग लागेका सबैंलाई सो भाइरसबाट बच्नका लागि विषेश ध्यानमा राख्ने भएको छ ।स्वास्थ्य मन्त्रालयले एमईआरएस संक्रमित बिरामीका सम्पर्कमा रहेकालाई छुट्टैं ठाउमा राख्ने ब्यवस्था मिलाएको छ । सोमबार बिहानसम्म ६ सय ८२ जनालाई एमईआरएसको आशंकामा छुट्टै राखि अध्ययन गरीरहेको छ ।अधिकारीहरुले सो संख्या ७ सय ५० भन्दा बढी पुगेको दाबी गरेका छन् ।
ख्यंगिदो क्षेत्रमा यो रोगले धेरैं प्रभावित भएकोले रोगलाई महामारीको रुपमा फैंलिन नदिनका लागि प्यान्थेक क्षेत्रको बिद्यालय बन्द गराउने पक्षमा सरकार रहेको छ ।
यो महामारीबाट बच्न प्यान्थेकमा रहेका नेपालीहरु सावधान रहनुपर्ने देखिन्छ ।
एमईआरएस भाईरस विश्व भरकोको २३ राष्ट्रमा फैंलिएको छ भने यो रोगबाट संख्या ११ सय ४२ जना संक्रमित भएको तथ्यांक छ । यो रोग पहिलो पटक सन २०१२ मा साउदी अरबमा भेटिएको थियो ।त्यसपछि यो रोग विश्वभर महामारीको रुपमा फैंलिरहेको छ । मिडल इस्ट रेसपिरेटरी सिन्ड्रोम नाम दिएको यो रोग मानिसमा श्वासप्रश्वाससंबन्धी विल्कुलैं नयां रोग हो ।
कसरी सर्छ एमईआरएस :-
श्वासप्रश्वासबाट सर्ने यो रोग जो कोही बिरामीको सिधा सम्पर्कबाट सर्ने गर्दछ ।
लक्षण :-
यो रोगको लक्षण भने उच्च ज्वरो आउने, मांशपेशी दुख्ने र वाकवाकी लाग्ने गर्दछ । त्यसैगरी खोकी लाग्ने, श्वास फेर्न गाह्रो समेत हुने गर्दछ । हालसम्म यो रोगको कुनैं औंषधी पत्ता लागेको छैंन् भने यो रोग लागेपछि बिरामीको मृत्यु हुने सम्भावना ४० प्रतिशत भन्दा बढी रहेको छ ।