Advertisement
SKIP THIS

MERS बाट २ को मृत्यु, MERS महामारीको रुपमा फैलिंदै


ऐश्वर्य श्रेष्ठ
सोल-दक्षिण कोरियामा MERS (मध्य पुर्वी श्वासप्रश्वास ) नामक रोगबाट २ जनाको मृत्य भएको छ । यो रोगबाट संक्रमित  २५   मध्ये मंगलबार २ जनाको  मृत्यु भएको हो ।

दुई हप्ताअघिबाट एमईआरएस भाइरस दक्षिण कोरियामा फैंलिएको हो । एक ५८ बर्षीय महिलाको यो रोगबाट मृत्यु भएको हो । कोरियाको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ती महिलालाई मे महिनामा एमईआरएस भाइरस संक्रमित भएको पहिलो व्यक्तिको रुपमा पुष्टि गरेको थियो ।सो भाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कबाट अर्का एक ७१ बर्षीय वृद्धको पनि मृत्यु भएको छ ।दुवैं जनाको परिचय भने खुलाइएको छैंन् ।

त्यसैंगरी मन्त्रालयले थप ६ जनामा सो रोगबाट संक्रमित भएको पुष्टि गरेको छ । हालसम्ममा २५ जनामा एमईआरएस भएको पाइएको छ  । पहिलो चोटी कोरियामा मे २० तारिखमा यो रोग देखा परेको  थियो । कोरिया सरकारले तत्काल बैंठक बसी प्राणघातक यो रोगबाट जनतालाई बचाउन संबन्धित मन्त्रालयलाई तत्काल नियन्त्रणको पहल गर्न भनेको छ ।आजबाटै सरकारले सम्पुर्ण मेडिकल शक्तिको खर्च गरेर जनतामा छाएको भयलाई नियन्त्रण गर्ने प्रविद्धता सरकारले लिएको छ ।

त्यसैंगरी सरकारले न्युमोनिया भएका बिरामी र अन्य श्वासप्रश्वास संबन्धी रोग लागेका सबैंलाई सो भाइरसबाट बच्नका लागि विषेश ध्यानमा राख्ने भएको छ ।स्वास्थ्य मन्त्रालयले एमईआरएस संक्रमित बिरामीका सम्पर्कमा रहेकालाई छुट्टैं ठाउमा राख्ने ब्यवस्था मिलाएको छ । सोमबार बिहानसम्म ६ सय ८२ जनालाई एमईआरएसको आशंकामा छुट्टै राखि अध्ययन गरीरहेको छ ।अधिकारीहरुले सो संख्या ७ सय ५० भन्दा बढी पुगेको दाबी गरेका छन् ।

ख्यंगिदो क्षेत्रमा यो रोगले धेरैं प्रभावित भएकोले रोगलाई महामारीको रुपमा फैंलिन नदिनका लागि प्यान्थेक क्षेत्रको बिद्यालय बन्द गराउने पक्षमा सरकार रहेको छ ।

 

 

यो महामारीबाट बच्न प्यान्थेकमा रहेका नेपालीहरु सावधान रहनुपर्ने देखिन्छ ।

 

 

एमईआरएस भाईरस  विश्व भरकोको २३ राष्ट्रमा फैंलिएको छ भने यो रोगबाट  संख्या ११ सय ४२ जना संक्रमित भएको तथ्यांक छ । यो रोग पहिलो पटक सन २०१२ मा साउदी अरबमा भेटिएको थियो ।त्यसपछि यो रोग विश्वभर महामारीको रुपमा फैंलिरहेको छ । मिडल इस्ट रेसपिरेटरी सिन्ड्रोम नाम दिएको यो रोग मानिसमा श्वासप्रश्वाससंबन्धी विल्कुलैं नयां रोग हो ।

 

 

कसरी सर्छ एमईआरएस :-

 

 

श्वासप्रश्वासबाट सर्ने यो रोग जो कोही बिरामीको सिधा सम्पर्कबाट सर्ने गर्दछ ।

 

लक्षण :-

यो रोगको लक्षण भने उच्च ज्वरो आउने, मांशपेशी दुख्ने र वाकवाकी लाग्ने गर्दछ । त्यसैगरी खोकी लाग्ने, श्वास फेर्न गाह्रो समेत हुने गर्दछ । हालसम्म यो रोगको कुनैं औंषधी पत्ता लागेको छैंन् भने यो रोग लागेपछि बिरामीको मृत्यु हुने सम्भावना  ४० प्रतिशत भन्दा बढी रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘साँस्कृतिक क्रान्तिपनि हरेक परिवर्तनको संवाहक हुनसक्छ।’ – शुभराज भोम्जन
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...