Advertisement
SKIP THIS

सिविटी परिक्षा स्थगित हुनुको कारण


फोनिज कोरिया संवाददाता
सउल

कोरिया पुनह प्रवेश गर्न पाउने कम्पुटरमा आधारीत कोरियन भाषा परिक्षा (सिविटी) यो वर्ष स्थगित भएको छ । स्थगित गरिनुका कारण तोकिएको कोटा पुरा भइसकेको अनुमान गरिएकोले एचआरडी कार्यलयले यो वर्ष स्थगित गरिएको काउन्सीलर श्याम खडकाले जनाएका छन् ।

एचआरडी कोरिया कार्यलयका काउन्सीलर श्याम खडकाका अनुसार कोरियाले २०१७ को लागि १५ देशबाट   ५६ हजार मजदुर कोरिया ल्याउने भएको छ । जसमा इपिएस नियमित सामान्य भाषा परिक्षा अन्तर्गत ४३ हजार र कोरियाको कार्यकाल पुरागरी पुन आउन पाउने सुबिधा ( सी बि टि र कमिटेड ओरकर ) अन्तर्गत १३ हजार मजदुर २०१७ मा कोरिया आउन पाउने छन् ।

कोरियाको कार्यकाल पुरागरी पुन आउन पाउने सुबिधा ( सी बि टि र कमिटेड ओरकर ) अन्तर्गत १३ हजार कोटा छुटाएकोमा २०१६ को सी बि टि परिक्षा पास गरि १७ मा आउने तयारीमा रहेका र आफ्नो कारणले कम्पनि परिबर्तन नगरी सोहि कम्पनिमा आउन पाउने सुबिधा कमिटेड वार्कर अन्तर्गत २०१७ मा आउन सक्ने सम्भावित श्रमिकको संख्या जम्मा गर्दा उक्त संख्यासंग मिल्न जाने हुदा २०१७ को लागि सी बि टि स्थगित गरिउको हो ।

तर तोकिएको संख्याका कमी आए सिविटी परिक्षा लिन पनि सकिने खड्काले बताएका छन् ।

कलकारखाना तर्फ ४२३००, कृषिमा ६६००, फिसिंगमा २६००, कन्ट्रक्सनमा २४०० र सेवामुलक कामको लागि १०० गरि जम्मा ५४ हजार र आवश्यक्ता अनुसार सबै छेत्रमा थप्न मिल्ने गरि २००० गरेर कुल ५६ हजार ल्याउन लागेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...