Advertisement
SKIP THIS

माइग्रेन्ट नेपाली एकताको आवश्यक्ता किन ?


विश्व मानचित्रमा मानव सभ्यताको क्रमसँगै विविध अवस्था, मान्यता र कारणले माइग्रेसनको सुरुआत भएर हालसम्म जारी रहेको छ । माइग्रेन्ट्सको इतिहास पल्टाएर हेर्दा युद्ध, दैवीप्रकोप, सुरक्षित वासस्थान, कृषियोग्य जमीनको खोजी र व्यवसायसाथै विभिन्न विकसित मूलुकतिर आकर्षक रोजगारीको बहाना र बाध्यता एवं अन्य विविध कारणले यसको निरन्तरता भएको पाइन्छ ।

हामी नेपाली पनि यस नियतिलाई निरन्तरता दिन अग्रपंतिमा  नै उभिइरहेका छौँ भन्दा फरक नपर्ला ! हरेकदिन अन्तराष्ट्रिय विमानस्थलमा झर्ने काठको बाकसभित्र नेपालीको मृत शरीर, विश्वको कुना–कन्दरामा नेपालीले भोगेका दर्दनाक दुःख–पीडाको कथाहरु, विदेश जान लागेका नेपालीको लामो ताँतीहरुले यसको पुष्टि गरिरहेको छ । तसर्थ, आधुनिक नेपाली समाज रेमिट्यान्सले धानेको छ भनेर अर्थशास्त्रका पण्डितहरु दिनहुँजसो भट्टयाईरको सुन्न पाइन्छ ।

विभिन्न काम र कारणको सिलसिलामा विदेशिएका नेपालीले भोग्ने गरेको दुःख–कष्ट, घाउहरुको कथा सुन्दा सबैले निकै कारुणिक ठान्छन । तर, यसको मलमपट्टी सम्बन्धित निकाय अथवा अरु कसैले चासो देखाउदैनन् । यसरी माइग्रेन्ट्स नेपालीले समस्याहरु झेल्दै विदेशी माटोमा रगत–पसिना बगाएर कमाएको दुईचार पैसाले हम्मे–हम्मे परिवारको गर्जो टरेको छ ।

एकातर्फ, यसकै कारण देशले ठूलो दुर्दसा भोग्ने गरेको छ । अर्कोतर्फ, विदेशी भूमिमा यत्तिधेरै रगत, पसिना बगाएको भुल्न सक्ने हामी महान वीर नेपाली रहेछौँ ! किन की, अचम्म यो छ, हामी यस्तो समस्या, दुःखकष्टका बीच पनि विभिन्न कित्तामा विभाजित छौँ । कोहीलाई अमूक पार्टीको भातृसंस्था खोलेर राजनैतिक रन्को चढेको छ । कोही विभिन्न सामाजिक सङ्घ–संस्थाको मागीखाने सन्दूक थाप्न हतार छ । कोही धर्मको प्रचारमा छ । कोही के, कोही केमा व्यस्त भएर विचार, भावना फरक हुन गएको कारणले माइग्रेन्ट नेपाली विभाजित र तितर–वितरको अवस्थामा छौँ । हामी सबै आप्रवासी नेपालीको समस्या एउटै भएर पनि एकढिक्का भई सङ्गठित हुन सकिरहेका छैनौँ । स्वदेशमा अधिकार र अवसरको ढोका ढक्ढक्याउने यसका सम्भावनाहरु पहिल्याउने, अपील ध्यानाकर्षण गराउने सोचिरहेका छैनौँ । यदि कसैले सोचिहालेको भए मनमनै सोचिरहेका छौँ । केही ठोस पहल, कदम अघि बढाईएको अझैसम्म सुन्न पार्इृएको छैन ।

त्यसो त माइग्रेन्ट्सको अधिकार, सुरक्षित आप्रवासन र यस सम्बन्धित विविध विषयको बहस नचलेका होइनन् । तर, कसले चलायो ? केका लागि चलाईएको थियो ? निकै रहस्यमयी बनेको छ । यस विषयमा कोही सक्रियाता देखाउदैनन् । कार्यान्वयनमा अघि सर्दैनन् । सम्भवतः कोही जानकार छैनन् जस्तो देखिन्छन् । कसै–कसैको भाषणमा सीमीत केही प्रतिवद्धताका झुठा आश्वासन घरिघरी सुन्न पाइन्छ । त्यो जसले बोल्छ, उसैले बिर्सीसकेको हुन्छ । त्यसको केही भर मान्ने केही आधार देखिदैन ।

हामीलाई देशमा सुशासन चाहिएको छ । लगानीमैत्री वातावरण चाहिएको छ । देश समुन्नत बनाईदिने मान्छे चाहिएको छ । देशमा यो सबै कसले गरिदिने ? हामी सधै यस्तै प्रश्न सोधीरहेका हुन्छौँ । स्वयं उत्तर खोजीरहेका छैनौँ । हामीले पनि केही कोशिस गर्नु पर्छ कि पर्दैन ?कर्तव्य, दायित्ववोध गरिरहेका छैनौँ । त्यसैले, अब हामीले सोच्ने बेला आएको छ । दायित्व, कर्तव्यवोध गर्ने बेला ढिला हुन गईरहेको छ । अब पनि सबै उर्जाशील युवाहरु विदेशी भूमिमा खतरनाक, जोखिमपूर्ण काम गरेर लाहुरे हुनुमा नै गर्व गर्ने हो भने हाम्रो देश विश्वसामु धेरै पछाडी पर्ने छ ।

हामी सबै नेपालीले पूर्णरुपमा दरिद्रताको पराकाष्ठा भोग्नु पर्नेछ । त्यसैले, विकास–सभ्यता र सम्पन्नताको जग हाल्ने समय धेरै घर्किसकेको छ । अब ढिला नगर्न प्रथमतः सङ्गठित हुनु जरुरी छ ।  त्यसको लागी माइग्रेन्ट नेपाली युनियन एकमात्र विकल्प सङ्गठनको रुपमा अगाडी बढाउन जरुरी छ ।

यो आप्रवासी सम्पूर्ण नेपालीको पक्कै पनि खुशीको कुरा हुन सक्छ । यसलाई विश्वभरका नेपाली माझ पु¥याएर सङ्गठित भई नेपाल आमाको मुहार चम्किलो र हँसिलो बनाउनु पर्दछ । हामीले साँच्चै नै हरेक र अनेक नामका अमूक पार्टीहरुको झण्डा फालेर अब नेपालको झण्डा उठाउनु पर्दछ । यसैमा माइग्रेन्ट नेपाली, आम नेपाली र देशको भलाई हुने छ ।

माइग्रेन्ट नेपाली युनियनको साङ्गठनिक ढाँचा पिरामिड शैलीमा नेतृत्व थोरै र सदस्यता धेरै बनाउनु पर्दछ । यसले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा पचासौँ लाख सम्पूर्ण आप्रवासी नेपालीको नेतृत्व गर्नु पर्दछ । यसमा प्रवासमा रहेका सबैखाले पार्टी, जाति, लिङ्ग, धर्म वर्ग, क्षेत्र र सङ्घ, संस्थाहरु स्वतः समावेश हुनु पर्दछ । उनीहरुलाई नेपालको विकासको मूल प्रवाहमा समाहित गर्नलाई पहल,कदमी र गतिविधि अघि बढाउनु र राज्यलाई अपील गर्दै झक्झकाउनु यस संस्थाको पहिलो प्राथमिकता हुनु पर्दछ ।
विदेशमा सिकेको सीप र कमाएको पूँजीलाई नेपालमा सामुहिक रुपमा सङ्गठित भएर लगानी गर्न प्रेरित गर्नु पर्दछ । सबै सङ्गठित भएर लगानीको पहिलो चरणमा जिटीआईएसको विधिद्धारा एक अर्कामा परिपुरकको भूमिका खेल्नेगरी कृषि, पशुपालन र दोस्रो चरणमा उद्योग, कल–कारखानालगायत अन्य राष्ट्रिय गौरवको योजनाहरुमा लगानी गर्न जुट्दै अघि बढ्नु पर्दछ । यसका लागि सङ्गठन तीन स, तीन तह र तीन आधारमा निर्माण गरेर यसमा सम्बन्धित विषयको अनुभवी, दक्ष जनशक्तिलाई पहिलो प्राथमिकता दिइनु पर्दछ ।

त्यसपछि समावेशी–समानुपातिक, सक्रिया संलग्नताको आधारमा अन्यलाई छनौट गरियो भने वैज्ञानिक हुनजान्छ । पहिलो तह एमएनयु संस्थामा आवद्ध भएको सदस्यहरु, दोस्रो तहः व्यावसायिक रुपमा रुची, अनुभव भएको सम्बन्धित क्षेत्रका सदस्यहरु, तेस्रो तहः स्वदेश फर्केर व्यवसाय सुरुआत गरिसकेका माइग्रेन्ट सदस्यहरु आवद्ध गरी यसरी संरचना तया गरेर सामान्य रुपमा सङ्गठित अभियान चलाएर देसमा नै केही गर्न सकिन्छ विदेशमात्रै विकल्प होइन भन्ने सन्देश दिनु आजको मूख्य आवश्यक्ता हुन आएको छ ।

व्यक्तिगत रुपमा दुईचार पैसा कमाएर साउदीबाट फर्किएर सुगुर, हाँस पाल्ने, कोरियाबाट फर्किएर कुखुरा, खसी पाल्ने केही कार्य त भईरहेका देख्न पाउछौँ । केही नहुनुभन्दा यो केही–केही हुनु पनि धेरै राम्रो कुरा हो । तर, त्यस्तै–त्यस्तै कार्य पनि सङ्गठित भएर वृहत रुपमा हुन नसक्दा राज्यको आँखा पुग्न सकिरहेको छैन । तसर्थ, यसलाई राष्ट्रिय रुपमा माइग्रेन्ट नेपाली एकजुट भएर अभियान चलाउनु पहिलो आवश्यक्ता भएको छ ।

प्रत्येक महिना पचासौँ लाख माइग्रेन्ट नेपालीको पचासौँ अर्व रुपैया देशभित्र यस्ताखाले उत्पादन, उद्यमशील योजनाको अभावमा फगत अनुत्पादक क्षेत्र घर, घडेरीको नाममा माटोमा पुरै रकम खेर गईरहेको छ । जसको कारण धेरै नेपालीहरु सँधै विदेशी भूमिमा नै अनेक दुःख–कष्टका साथ आधुनिक दाष हुन बाध्य भईरहेका छन ।

उत्पादनको अभावमा महङ्गी बढेर जनजीवन कष्टकर मात्रै नभएर बेरोजगारले आक्रान्त बनेपछि दक्ष, अर्धदक्ष र अदक्ष सबैखाले उर्जाशील अन्य युवाहरु पनि कामको खाजीमा विदेश पलायन हुन वाध्य हुनु परिरहेको अवस्था छ । तसर्थ, देशभक्ति मुखमा जप्दै आमाको प्यारो काख छोडेर विदेशको लाख कहिलेसम्म ताक्ने ? यस परिस्थितिको चाँडोभन्दा चाँडो अन्त्य नभए पनि न्युनिकरण गर्नु तुरुन्त आवश्यक छ ।

पैसाले धेरैथोक किन्न सकिन्छ । तर, सबैथोक किन्न सकिदैन । जुनचीज पैसाले किन्न सक्दैन, त्यही चीज पैसाकै दाषी भएर सबैभन्दा धेरै आप्रवासीहरुले दिन–प्रतिदिन गुमाउनु परिरहेको बाध्यत्मक परिस्थिति छ । सुरक्षित आप्रवासन, वैदेशिक रोजगार, आप्रवासीले पाउने सेवा, सुविधा, अधिकार एवं हक,हित संरक्षण, शान्ति र समुन्नत नेपाल निर्माण गर्नको लागि सम्पूर्ण आप्रवासी नेपालीको एकता आजको मूख्य आवश्यक्ता हो । त्यसैले, ‘आप्रवासी नेपाली एकता, शान्ति र समुन्नत नेपाल निर्माणको लागि–एमएनयु !’
लेखक माइग्रेन्ट नेपाली युनियन केन्द्रीय संयोजक हुनुहुन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...