Advertisement
SKIP THIS

कोरियामा गाडी दुर्घटनामा एक नेपालीको मृत्यु


फोनिज कोरिया सम्वाददाता

सउल
वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका युवाहरुको पछिल्लो समय विभिन्न कारणले मृत्यु हुने क्रम बढ्दो अवस्थामा रहेको छ । आत्महत्या तथा सुतेको अवस्थामा मृत्यु हुने नेपालीको संख्या बढी रहेसँगै कहिलेकाँही कम्पनीको मेशिनमा बेरिएर ज्यान गुमाउनुको पिँडा त छँदै छ त्यहि माथि सडक दुर्घटनामा समेत नेपालीको मृत्यु हुनु अति नै दुखदपूर्ण भएको छ ।

यसैक्रममा इपिएसबाट आएका नविन राईको शुक्रबार सडकमा काम गर्नेक्रममा दुर्घटनामा परी निधन भएको छ । आफूले काम गर्ने कम्पनीको सामान (बोर्ड र पाइप) ट्रकमा लगेर सडकमा काम गर्नेक्रममा राईको दुर्घटनामा परी निधन भएको श्रम सहचारी देवराज ढकालले बताउनुभयो ।

विहान करिब ११.३० बजे आफ्नै कम्पनीको ट्रकबाट पाइप खसेर राईलाई लागी घाइते भएको प्रहरीले उल्लेख गरेको छ । त्यसपछि अस्पताल लाने क्रममा बाटैमा निधन भएको गाउँले साथी बद्री खड्काले जानकारी दिए । साथी खडकाका अनुसार मृतक राई इपिएसमार्फत ३८ महिना अघि कोरिया आएका थिए । उनी कोरिया आएदेखि नै ह्वासइ० सीको फारान स्थित एक सडकको बोर्ड बनाउने कम्पनीमा काम गर्दै आएका थिए । हालको मृतक राईको शब ख्वोयाइ०सीको म्याइ०जी अस्पतालमा राखिएको छ ।

अविवाहित २३ वर्षिय मृतक राई झापा जिल्ला शन्तिनगर २ का बासिन्दा हुन् । उनी दुर्घटना भएको स्थानमा कम्पनीकै दुई जना कोरियन कामदार थिए भने नेपाली उनी मात्रै थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...