Advertisement
SKIP THIS

कोरियाको याङसान नेपाली परिवारमा शालिकराम खत्रि


लिलु डुम्रे
सउल,

दक्षिण कोरियाको ख्यङसाङनाम्दो स्थित याङसान क्षेत्रमा छरियर रहेका नेपालीहरूको साझा संस्था याङसान नेपाली परिवारको आईतबार भएको भेला तथा अधिबेशनले शालिकराम खत्रिको नेत्रित्वमा पन्ध्र सदस्यिय कार्यसमिति निर्विरोध चयन गरेको छ।

यस क्षेत्रमा रहेका नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको भेलामा दुई चरणमा कार्यक्रम सम्पन्न भएको थियो। याङसान नेपाली परिवारका अध्यक्ष नबराज वाग्लेको सभापतित्वमा भएको पहिलो चरणको कार्यक्रमको सन्चालन याङसान नेपाली परिवारका सहसचिव अभिशेक सिटौलाले गर्नुभएको थियो भने कोषाध्यक्ष राजकुमार न्यौपाने संस्थाको गतिबिधी तथा आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो।

पहिलो चरणको कार्यक्रमको अन्तिममा निवर्तमान अध्यक्ष नबराज वाग्ले बोल्दै बिगत २००५देखि बिभिन्न आरोह अबरोह खेप्दै यहाँसम्म आईपुगेको बताउनू हुँदै हालसम्म साथ र सहयोग गर्नुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्नुभएको थियो।आफ्नो मन्तब्यकोको अन्त्यमा निबर्तमान अध्यक्ष वाग्लेले संस्थाको नियम अनुसार आफ्नो दुईबर्षेकार्यकाल सकिएको र आगामि कार्यसमिति चयनको लागि मार्ग प्रसस्त गर्दै पहिलो चरणको कार्यक्रम अन्तभएको घोषणा गर्नु भएको थियो।

पहिलो चरणको कार्यक्रमको अन्त्य संगै दोस्रो चरणको कार्यक्रम बन्द सत्र सुरू भएको थियो।बन्दसत्रले सौहार्दपुर्ण वातावरणमा शालिकराम खत्रिको अध्यक्षतामा पन्ध्र सदस्यिस कार्यसमिती चयन गरेको थियो।

कार्यसमितिको उपाध्यक्षमा सुजित घिसिङ र सुदिप खनाल सचिबमा अभिशेक सिटौला सहसचिबमा दिनेश हरिजन कोषाध्यक्षमा जिना गुरूङ तथा सह(कोषाध्यक्ष सन्तोष अधिकारि निर्विरोध चयन गरेको छ। कार्यसमिति सदस्यहरूमा भिम थापा,मुकेश बज्राचार्य,हाङ लिम्बु,खगेन्द्र सुबेदि,गगन ओललि गुमान सिँ लिम्बु,बन्दिश लामा र मोहन श्रेष्ठ सर्वसम्बत चयन भएका थिय।

साथै उक्त भेलाले निवर्तमान अध्यक्ष नबराज वाग्ले पुर्व अध्यक्ष लुम वलि साथै सन्तोष गुरूङ,अन्जलि तामाङ,मानबहादुर क्षेत्रि तथा सोनु लामा लाई सल्लाहकारमा मनोनित गरेको थियो।कार्यक्रमको अन्त्यमा बोल्दै नबनिर्वाचित अध्यक्ष खत्रि ले बिगतमा जस्तै सम्पुर्ण साथिहरूलाई एक भएर अघि बढ्न आग्रह गर्दै यस क्षेत्रमा रहनुहूने नेपालीहरूको हरेक दुख सुखमा साथ दिने प्रतिबद्दता पनि ब्यक्त गर्नु भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...