Advertisement
SKIP THIS

आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको क्षेत्रीय कमिटी गठन


फोनिज कोरिया सम्वाददाता
ख्वाङ्जु, आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले दक्षिण कोरियाको छल्लानाम्दो स्थित ख्वाङ्जुलाई केन्द्र बनाएर पहिलोपटक क्षेत्रीय कमिटी गठन गरेको छ। ख्वाङ्जु स्थित “विदेशी सहयोग सेन्टर” मा पत्रकार तथा समाजसेवी राजु श्रीको प्रमुख आतिथ्यमा भएको भेलाले अध्यक्षमा पर्वत राइलाई सर्वसम्मत रुपमा चयन गर्दै ३१ सदस्यीय कार्य समिति गठन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष प्रणाम राइ , उपाध्यक्ष द्वय पासाङ नोर्बु शेर्पा र कृष्ण गुरुङ, सचिवमा मार्सल फागो र सहसचिवमा प्रिया योन्जन, प्रवक्तामा जिमी लामा, कोषध्यक्षमा रिन्जी शेर्पा र सह-कोषाध्यक्षमा गोपाल सारु रहेका छन्।
त्यस्तै सदस्यहरुमा दिपिका गुरुङ , हेम राइ, गगन मगर, किरण राइ, सनत लिम्बु, दिल राइ, योग राज राइ, संजित तामांग , संजय गुरुङ, ल्ह्याक्पा शेर्पा, विनोद गुरुङ, तुला लिम्बु, सोनाम शेर्पा, धन बहादुर मगर, राडु लया राइ, गुड्डु गुरुङ, मोहन घले, हिमाल आले मगर ,जयमान तामांग , मिलन लिम्बु, ओम सागर घर्तीमगर र जोन मगरलाई सर्वसम्मत रुपमा चयन गरिएको छ। त्यसैगरी चार सदस्यीय सल्लाहकारहरुमा तुला लिम्बु, राजु श्री, डोलु आले मगर, र जीवन राई रहेका छन्।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि राजु श्रीले आदिवासी जनजातिका अग्रजहरुले देशको राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पहिचान स्थापित संगै नेपाललाई चिनाउनको लागि ठुलो योगदान गरेको स्मरण गराउंदै किरांत धर्मगुरु फाल्गुनन्द देखि अरनिको, लखन थापा मगर देखि पासाङ ल्ह्यामु शेर्पासम्मको चर्चा गरेका थिए।
बहु पहिचान् मुलक विविध भाषा, धर्म, संस्कार, सस्कृति, रितिरिवाज, परम्परा, कला,भेषभूषाले भरिपूर्ण र विविधता युक्त नेपालको पहिचानलाई प्रवासमा रहेर पनि सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्धेश्यको साथमा आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको क्षेत्रीय संगठन गठन गरिएको नवनिर्वाचित अध्यक्ष पर्वत राइले बताए ।
janajati

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...