Advertisement
SKIP THIS

अमेरिकामा कार दुर्घटनामा परी चार नेपालीको मृत्यु


विजय थापा

वाशिंगटन डीसी

अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको भिषण कार दुर्घटना परि गत शुक्रबार नोवेम्बर ४ तारिख घटनास्थल मै चार जना नेपालीको दुखद निधन भएको खबर छ l

उक्त कारमा सवारी ६ जना मध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको जानकारी जर्जिया जेफर्सन काउन्टीका मृत्यु समीक्षकले दिएका छन् l पारिवारिक सुत्र अनुसार उक्त दुर्घटना परि निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमान्डौ अनामनगर बस्नु हुने चिरन्जीबी खनाल ,वहाकि की पत्नी तथा दुई बुहारीको घटनास्थल मै मृत्यु भएको खबर छ l पछाडी बस्ने चार जना सबै जनाको मृत्यु भएको बुझिएको छ l गाडीको अगाडी बस्ने सवार हुने समिर खनाल तथा सुबाश खनाल घाइते भएका छन् तर खतरा मुक्त भएको जानकारी प्राप्त भएको छ l

गाडीको पछाडी बस्ने पिता चिरन्जीवी खनाल तथा वहाकी धर्म पत्नी श्यामा खनाल ,बुहारी रिचा खनाल पन्त तथा समिरकि प्रेमिकाको मृत्यु भएको छ l मृत्यु हुने उक्त परिवारले यस बर्षको तिहार भर्जिनियामा मनाएको कुरा भर्जिनियामा बसोबास गर्ने आफन्तले बताएका छन् l लक्ष्मी पूजाको दिन आफु संग बिताएको जानकारी नाम उल्लेख नगर्न आग्रह गर्दै उक्त जानकारी दिएका हुन् l उनले प्रहरीको सम्पूर्ण बिबरण आए पछि अन्य थप जानकारी दिने बताए l

निसान अल्टिमा नामक कारमा सवार गरि रहेका उक्त गाडी दुर्घटना करिब शुक्रबार राति ९ बजे घट्न पुगेको हो भने २९६ नामक जर्जिया राजमार्ग को उत्तर तर्फ गइ रहेको अवस्थामा ८८ राजमार्गमा रोक्नु पर्ने स्थानमा भीमकाय १८ पाङ्ग्रे ठुलो माल बाहक गाडी संग ठोकिन पुगेको थियो l

प्रत्यक्षदर्सी अनुसार अचानक कार देख्दा बचाउने कोसिस गर्दा गर्दै घटना देखेको बताएका छन् l माल बाहक (ट्रक )चालक त्यहि स्थानीय स्यानडर्सभिलको टेनीमा संचालित प्रतिष्ठानमा काम गर्छन भने उनलाई सामान्य चोट लागेको छ l दुर्घटना ८८ राजमार्ग तथा २९६ राजमार्गको बीचमा भएको हो l

मृत शरीरलाई एटलान्टाको अपराध प्रयोगशालामा राखिएको छ भने दुर्घटनाको कारण मध्यपान हो कि हैन भन्ने अहिले सम्म पुष्टि नभएको प्रहरीले जनाएको छ l  पारिवारिक श्रोत अनुसार मृतक चिरन्जीबी खनाल नेपालमा सरकारी जागिर को निवृतिभरण प्राप्त गरि अमेरिका घुम्न आएका बुझिएको छ l इनेप्लीज बाट  l

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...