नेवास् पुच दक्षिण कोरियाद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग
फोनिज कोरिया संवाददाता
काठमाण्डौ
नेवास् पुच दक्षिण कोरियाले मृगौला पीडितलाई उपचार्थ आर्थिक सहयोग गरेको छ । टोखा नगरपालिका ६ पुरोक्वस् निवासी वीरलक्ष्मी श्रेष्ठलाई टोखाका दक्षिण कोरियामा कार्यरत नेवाः पुचस्का सदस्यले रू। १ लाख ६० हजार रूपैयाँ शनिबार हस्तान्तरण गरेको हो ।
दुबै मृगोलामा समस्या देखिएपछि उपचार गराई रहेका वीरलक्ष्मी श्रेष्ठको उपचार सहयोगार्थ दक्षिण कोरिया नेवास् पुचको समुहले उनकै घरमा गएर उक्त रकम हस्तान्तरण गरिएको राम कृष्ण श्रेष्ठले बताउनु भयो ।
दक्षिण कोरियाबाट फर्केका टोखाबासि, स्थानीय निकायका टोखा नगरपालिकाका प्रतिनिधि प्रकाश डंगोल, र वडा ५र६ का प्रतिनिधि कृष्ण बहादुर सुर्खेति र स्थानीय बासिहरूको उपस्थितमा नेवास् पुच दक्षिण कोरियाका सचिव राजकुमार डंगोलले उक्त रकम हस्तान्तरण गरिएको थियो ।