प्रवासी भूमिबाट गीतकारको पहिचान बनाउदै मिलन किराती


फोनिज कोरिया सम्वाददाता,
दक्षिण कोरियाः
‘निभि जाने आगो जस्तो चुडि जाने धागो जस्तो हैन मेरो माया
मौसम जस्तो बदली जाने नौनी जस्तो पग्ली जाने हैन मेरो माया…’ मिलन किरातीको शब्द, राजकुमार बगरको संगीत र अहिलेकी अत्यन्त चर्चित गायिका मेलिना राईको स्वर रहेको उक्त गीतले हालै सम्पन्न कालिका म्युजिक अवार्ड २०७३ मा उत्कृष्ठ संगीत अवार्ड पाउन सफल भएको छ । ‘निभि जाने आगो’ जस्तो बोलको उक्त गीत शब्द र संगीत दुई विधामा नोमिनेसनमा परेको थियो ।

‘मेरो गीत मोफसलको सबैभन्दा ठुलो र प्रतिष्ठित कालिका म्युजिक अवार्डमा नोमिनेसनमा पर्नु नै ठुलो कुरा थियो । अझ संगीत विधामा अवार्ड नै पाउदा झनै खुशी लाग्यो’, गीतकार किराती आफ्नो  गीतको सफलतामा खुशी व्यक्त गर्छन् ।
पछिल्लो समय गीतकारको रुपमा आफुलाई परिचित गराइसकेका मिलन किरातीको केही गीतहरु राजकुमार बगर, डिआर अटुको संगीतमा प्रमोद खरेल, मेलिना राई, सागरसंसार राईलगायतका गायकगायिकाहरुले गाएका छन् ।

हाल दक्षिण कोरियामा कार्यरत मिलन किराती कामको ब्यस्तताले गर्दा पनि साहित्य लेखनमा धेरै समय दिन सकिरहेका छैनन् । उनलाई कोठामा बसेर साहित्य फुर्दैन । बाहिरी वातावरणले नै छुनुपर्छ । जसरी हावा हूरी चल्दा पात खसे झैं जब मनमा केही कुराले छुन्छ अनि उथलपुथल हुन्छ तब मात्र उनी लेख्न बस्छन् ।

त्यसो त उनको पारिवारिक वातावरण नै साहित्यमय थियो । बुबा जसराज किराती पनि नाम चलेका साहित्यकार नै हुन् । दाई दिदी सबैजना साहित्यमा रुचि राख्ने । तर मिलन भने साहित्यमा त्यति चासो राख्दैन थिए । जब परदेश लागे, प्रवासी भूमिको दुःख संघर्ष अनि अनुभूतिलाई साहित्यमार्फत् पोख्न थाले । ‘विदेश आएपछि सुरुका दिनहरुमा मनमा धेरै आँधीहूरी चल्थे त्यहि उथलपुथल भावनालाई गीत र कवितामार्फत् पोख्न थालें । सायद विदेश नआएको भए लेख्दिन पनि थिएँ होला’, उनी भन्छन् । उनका अप्रकाशित दर्जनौं  गीत, कविताहरु डायरीको पानामा मात्र सिमित भएका छन् ।  भन्छन् ‘मलाई लेख्नसाथ आफ्नो सिर्जना बाहिर पोख्न मन लाग्दैन ।’ पहिला कविता लेखे पनि पछिल्लो समय गीत लेखन बढी रुचाउने मिलन भविष्यमा साहित्य लेखनलाई निरन्तरता दिनेमा विश्वस्त छन् ।
खोटाङको बुइपामा जन्मेका मिलन खोटाङबाटै प्लस टु सम्मको अध्ययन सकेर केही समय शिक्षण पेशा गरे । त्यसपछि व्याचरल अध्ययन गर्दागर्दै वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएका उनले नेपाल फर्केपछि नेपाली साहित्य लेखनसँगै कोरियामा सिकेको ज्ञान सिपलाई आफ्नै भूमिमा प्रयोग गर्ने लक्ष्य लिएका छन् । भन्छन्, ‘हामी युवाहरु विदेशमा सिकेको कुरालाई आफ्नो देशमा फर्केर सहि उपयोग गर्ने वातावारणको सिर्जना गर्नतिर लाग्नुपर्छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...