कोरियाको अस्पतालमा उपचार्थ भगवति सलामीलाई आर्थिक सहयोगकको अपिल


फोनिज कोरिया संवाददाता
सउल

करिब ५  महिना अगाडि रोजगारीका लागि  कृषि भिजामा कोरिया आएकी कुनाथारी -१, सुर्खेत घर भएकी बर्ष  २८ की   भगवती सलामी मगर कोरिया आएको केही समयपछी ढाडको जटिल समस्याबाट ग्रसित  भइ एउटा खुट्टा समेत नचल्ने अबस्थामा पुगेकि छन् |   सौल ख्वान  आक्  गुमा रहेको सिम छंग अस्पतालमा कोरियामा रहनुभएका नेपाली बुद्धिजीबी र समाजसेबीहरुको   विशेष पहलमा ढाडको  सफल अपरेशन गरिएता पनि सलामी मगरको  स्वास्थ्य कार्ड दर्ता र  बिमा पनि नभएकोले अपरेसन खर्च अत्यन्त महङ्गो भएको छ | निजको   आर्थिक अबस्था पनि  अत्यन्त कमजोर भएकोले अस्पतालको बिल तिर्न नसकी डिसचार्ज हुन् सकेका छैनन् |तसर्थ कोरियामा रहनु हुने सम्पुर्ण महानुभावहरुले आफुले सकेको सहयोग गरिदिनु हुन नेपाली सम्पर्क समितिका   बरिष्ठ उपाध्यक्ष अन्जु के सीले  कोरियाबासी नेपालीमा  हार्दिक अनुरोध गरेकि छन् |

नेपाल मगर संघ कोरियाले पनि सलामी मगरको सहयोगको लागि बिसेष अभियान संचालन गरेको छ ।  समस्यामा परेकी चेलीलाइ हामी सबै नेपालीको सहयोगको खाँचो छ ।
सहयोगका लागि तल दिएको बैंक खातामा रकम जम्मा गरि निम्न ब्यक्तीहरु मा सम्पर्क गरिदिनु होला ।
बैंक IBK bank
खाता नं:- 401-065-80101012
कोड नं:  003
खाता वालाको नाम  PUN LOK BAHADUR
(सम्पर्क नं0:- 010-2134-6206)
अन्य सम्पर्क नम्बर:
१, खड्ग थापा मगर ( सौल)  010 3218 2398
२, अशोक बुढा मगर (ओइजङ्बु) 010 3262 8565
३, सालिकराम पुलामी मगर (थेगु) 010 7214 3899
4, भिषण पुर्जा मगर ( किमेह/ बुसान)010 5953 4660
सम्पुर्ण सहयोग  बिवरण अनलाइन मिडियामा हरेक दिन प्रसारण गरिने छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...