नेपालमा भैंसी पाल्न र तरकारी रोप्ने तयारीमा २ कोरियन नागरिक


काठमाडौं,

पाँच हजार नेपालीको लागि रोजगारी खुल्दा ५० हजार भन्दा बढीले भाषा परिक्षा दिने देश हो कोरिया। त्यहि देशका नागरिक हुन्, किम योङ नम । उनी त्यहि देशबाट काम गर्न नेपाल आउँदैछन्। त्यो पनि नेपालीको पुर्ख्यौली पेशा कृषि गर्न। गाई, भैसी, बँगुर पालन र तरकारी खेती उध्येश्य छन् उनका।

किमले ललितपुर कार्यविनायकमा प्राईम एग्रिकल्चर फार्म स्थापना गरि वार्षिक एक लाख ८२ हजार लिटर दुध, ३० मेट्रिक टन तरकारी, २५ वटा बंगुर र त्यतिनै भैसी पाल्ने लक्ष राखेका छन्। ५० लाख रुपैयाँ लगानी गर्ने उनले २५ नेपालीलाई रोजगारी समेत दिनेछन्।
त्यस्तै अर्का कोरियन नागरिक हुन हान चानग्यूक ।
हानले लमजुङ जिल्लाको विचौर गाविस वडा नम्वर ३ मा विचौर अर्गानिक फार्म स्थापना गरि वार्षिक ९० मेट्रिक टन अर्गानिक तरकारी उत्पादन गर्ने लक्ष लिएका छन्। ५० लाख रुपैयाँको लगानीमा सुरु गर्ने उक्त फार्ममा १६ जनाले रोजगारी पाउने छन्।
नेपालीको पुर्ख्यौली पेशा कृषिमा उन्नती नदेखेर युवाहरु विदेश पलायन भइ रहेको बेला यी कोरियन नागरिकले भने नेपालमा खेतीपातीबाटै तरक्की गर्ने सपना साँचेका छन्।
उनीहरुले आफ्नो फर्म उद्योग विभागमा दर्ता गरि लगानी प्रतिबद्धता समेत जनाइ सकेका हुन्। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विभागमा दर्ता भएका १२० उद्योग मध्ये कृषिका पाँचवटा वटा उद्योदग मात्रै छन्। ति मध्ये दुई कोरियन र एक चिनियाँ नागरिकले दर्ता गराएका हुन्। नेपालीले पनि दुई वटा व्यवसायीक कृषि उद्योग दर्ता गराएका छन्।

 

कृषि क्षेत्रमा दर्ता भएका पाँच उद्योगमा कुल २६ करोड ६५ लाख रुपैयाँ लगानी प्रतिवद्दता आएको छ। ११० जनालाई रोजगारीको अवसर पनि सिर्जना हुने छ। -बिजमाण्डू

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...