Advertisement
SKIP THIS

एनआरएन कोरियाको संयोजकत्वमा संयुक्त दशैं कार्यक्रम मनाइने


सउल

प्रबासी नेपालीको बाक्लो उपस्थिती रहेको दक्षिण कोरियामा यस बर्ष बिजय दशमी भब्य रुपमा मनाइने जनाइएको छ । पहिलो पटक संयुक्त रुपमा आयोजना हुन लागेको दसै कार्यक्रम यहि अक्टोबर महिनाको ९ तारिख आइतबारका दिन सौल स्टेसन नजिकै रहेको केडिवी बैन्क रहेको बिल्डिङको दशौ तलाको हलमा ब्यबस्था गरिएको कुरा मुख्य आयोजक एनआरएन कोरियाका अध्यक्ष राजु क्षेत्रीले जानकारी दिनु भयो । उहाले संयुक्त रुपमा आयोजना गरेको यस कार्यक्रममा विभिन्न क्षेत्रिय तथा जातिय संघ संस्था, राजनितिक सङ्गठन , पत्रकार , महिला, बिध्यार्थी , मजदुर , जनजाती सबै क्षेत्रलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्नु भएको छ ।

दशै तिहार शुभकामना कार्यक्रमको मुख्य सम्योजक एनआरएन कोरियाले गरेको भएता पनि आयोजककै रुपमा नेपाली सम्पर्क समिति कोरिया र पुर्बान्चल सरोकार समाज सङ्ग हातेमालो गरिएको छ । साथै सम्पुर्ण राजनितिक र सामाजिक सस्थाले पनि यो कार्यक्रम सफल बनाउन ऐक्यबद्दता जनाएका छन ।

एनसिसि कोरियाका अध्यक्ष प्रेम शाहका अनुसार दशै तिहार कार्यक्रमलाई कसरी प्रभाबकारी बनाउन सकिन्छ भनेर एनआर एन , एनसिसी र पुर्बान्चल सरोकार समाज बिच बारम्बार छलफल गरिएको थियो । उहाले थप प्रस्ट पार्दै भन्नु भयो ( सकारात्मक सोचका यो कार्यक्रम सफल बनाउन हामी एक ठाउमा उभिएका छौ ,सबैको सहयोग र समर्थन जुट्ने बिस्वास लिएका छौ ।

त्यसै गरि कार्यक्रमको बारेमा पुर्बान्चल सरोकार समाजका काजी नेपालले भन्नू भयो ( बिगतमा जस्तै पुर्बान्चलले यसपाली पनि दशै कार्यक्रम एकल आयोजना गर्न लागेको भएता पनि साथिहरु बाट संयुक्त रुपमा आयोजना गरौ भन्ने प्रस्ताब आयो र त्यो प्रस्ताबलाई दसै सबैको चाड हुनाले सहर्ष स्विकारेको उल्लेख गर्नु भयो । उहाका अनुसार कार्यक्रममा विभिन्न सास्कृतिक झाकी तथा स्थानिय कलाकारहरूको गित तथा नृत्य पनि रहनेछन ।
प्राप्त जानकारी अनुसार दशै कार्यक्रम ब्यबस्थापन बारेमा समेत छलफल द्वारा पारित गरि कार्यबिभाजन समेत गरिएको छ ।

बिजय दशमी सम्बन्धी यस किसिमको कार्यक्रम कोरिया प्रबासमा पहिलो भए पनि सबैको सहभागिता आबश्यक देखिन्छ ।आयोजकहरू द्वारा कोरिया प्रबासमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा यस कार्यक्रममा उपस्थिति जनाईदिनु हुन हार्दिक अनुरोध गरिएको छ ।

स्थान  – केडिवी बिल्डिंग १०औ तल्ला
मिति – २०१६/१०/९ तारिख आईतबार
समय – बिहान ठिक १० बजे देखि
जाने तरिका – सौल स्टेसन १२ नं। गेट बाट अगाडी

संयोजक – एनआरएन ए कोरिया
अन्य आयोजक संघ संस्थाहरु
– एन सी सी कोरिया
– पुर्वान्चल सरोकार समाज
– पत्रकार महासंघ
– वोमन फर वोमन
– सुदुर पश्चिम समाज
– जनसम्पर्क समिति
– नेपाली प्रबासी मञ्च
– नेपाली जनप्रगतिशिल मंच
– अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरिया
– नेपाली एकता समाज
– संघिय समाज कोरीया
– गोरखा परिवार दक्षिण कोरिया

नोट

दशै – तिहार शुभकामनासहित मनोरञ्जनात्मक कार्यक्रमहरुको पनि आयोजना गरिने भएको हुनाले इच्छुक साँस्कृतिक झाँकी,गायन,नृत्यहरू प्रस्तुती गर्न चाहानु हुने महानुभाव र संघ संस्थाहरू ले पुर्वान्चल सरोकार समाजका संयोजक काजी नेपालसँग सम्पर्क गर्न अनुरोध गरिन्छ साथै संयुक्त दशै – तिहार कार्यक्रममा सम्मिलित हुन चाहानुहुने संघ संस्थाहरुले नेपाली सम्पर्क समितिका अध्यक्ष प्रेम शाहसँग सम्पर्क गर्न अनुरोध गरिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...